Author: खबरमञ्च
काठमाडौं । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् । लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक समेत बहिस्कार गर्न थालेको छ ।
काठमाडौँ । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ । यस्तै कार्यक्रममा ब्याच, माला र खादाको…
काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ । वर्षभरी दिवंगत भएका आफन्तहरुको राम्रो होस् (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गरेर यो पर्व मनाउने प्रचलन रहेको छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना भन्ने हुन्छ । नेपाल संवतको नवौं महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीहरु विभिन्न परम्परागत र मौलिक बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गर्छन् । पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो। आजबाट सुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ ।…
काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २०७२ सालमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । सर्वोच्चले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्ना कुराहरू शान्तिपूर्ण र संगठित रूपमा राख्न पाउने अधिकार रहेको जनाउँदै त्यसलाई छाडेर हिंसाको साहारा लिगेको जनाइएको छ । कुनै पनि बहानामा हिंसामा सहभागी हुने, उक्साउने, दुरूत्साहन दिने कार्यलाई कानूनले छुट दिन नसक्ने जनाउँदै भनिएको छ,‘सोका लागि षड्यन्त्र गर्ने, योजना बनाउने वा अन्य कुनै तरहले सहभागी हुने कार्यलाई मुलुकको फौजदारी कानुनले…
काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ । सीआईबीको हिरासतमा रहेका दावाले छानबिनमा सहयोग नगरेपछि सीआईबीले दावाको कलडिटेल सीडीआर मगाएर अनुसन्धान सुरू गरेको छ । सीआईबी स्रोतका अनुसार बरामद भएको ६० किलो सुन र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) बाट बरामद भएको ९ किलो सुनमा माओवादीका नेताहरूको…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निक्कै हताश भएको संकेत दिएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले गरेको भनिएको संवादका क्रममा बाहिर आएका कुराहरूलाई नियाल्दा त्यस्तो निष्कर्ष निस्किन्छ । उनको ‘भावुक’ हुने स्वाभाविक बानी त छँदै थियो, यसपटक त साँच्चिकै भावुक भएको प्रदर्शन गर्न चाहेको पनि देखियो ।यसक्रममा अत्यन्तै विवादास्पद हुनसक्ने तर गम्भीर अर्थ राख्ने अभिव्यक्ति दिन पनि उनी पछि परेनन् ।अर्थतन्त्रलाई लिएर उनको भनाइको सारांशमा जाने हो भने अर्थतन्त्र सुधारोन्मुख छ तर, गम्भीर अवस्थामा छ । चिन्ताजनक अवस्थामा रहेका भिआइपी बिरामीको स्वास्थ्य बुलेटिनमा अस्पतालहरू भन्ने गर्छन्, ‘स्वास्थ्यवस्था गम्भीर छ तर स्थीर ।’ प्रधानमन्त्रीको भनाइ पनि ठिक यस्तै छ ।…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई संसद गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा पौडेल र ओलीबीच समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल केन्द्रित रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको…
काठमाडौं । चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट ना २ च ८४४६ नं.को शव बोकेर देवघाट तर्फ जादै गरेको बोलेरोलाई ठक्कर दिदाँ भएको दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर छ । उक्त दुर्घटनामा बा.प्र.०६–००१प ९९८१,बा.प्र.०३–००५प ९७, ,ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ को मोटरसाइकहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित आठ सवारी साधन एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । मंगलबार मात्र परिक्षाफल प्रकाशित गरेको बोर्डले फारम खुला गरेको हो । २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि पूरक परीक्षामा सहभागी हुन पाइने…
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ। यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।