Author: खबरमञ्च

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेन्च सहयोग गरेका छन् । तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा ४ वटा बेन्च प्रदान गरेका हुन् । उनले ४० हजार रुपैयांको लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई हस्तान्तरण गरे । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताए । सामाग्री ग्रहण गर्दै नगर उप प्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उनकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिँदै सु- स्वास्थ्य दिर्घायुको कामना गरे । फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज…

Read More

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘देश आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक सङ्कट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ।’ डा. भट्टराईले लेखेका छन्– प्रम २एः)लभउब)िको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको ्र कसीमा कति परिणाममुखी रह्यो भन्ने…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निणर्यसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ । यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।

Read More

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । विहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ । एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ । एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन् । प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र…

Read More

काठमाडौं । काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच चार बुँदे सहमति भएको छ । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको हो । उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेका छन् । फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः अनवरत १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए । सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र अनौपचारिक…

Read More

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दैछन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

Read More

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यकर्मीहरुमाथि भएको दुर्व्यवहार घटनाको सन्दर्भमा सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने निणर्य भएको बताएका छन् । मंगलबार गृहमन्त्रालयमा चिकित्सकहरुसँग छलफलमा उनले स्वास्थ्यकर्मीहरुले गल्ती गरे पनि उनीहरुमाथि आक्रमण हुँदा आक्रमणकारीलाई कारवाही गर्ने ऐनको पछिल्लो संशोधन २०७९ सहित स्वास्थ्य मन्त्रालयले त्यसमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य संस्थाहरुमा जानकारीमूलक सूचना प्रवाह गर्ने बताए । उनले भने, ‘देशभरका अस्पतालहरु र स्वास्थ्य संस्थाहरुमा अहिले जो स्वास्थ्यकर्मीहरुमाथि भएका घटनाका सन्दर्भमा स्वास्थ्यकर्मीहरुले गल्ती गरेको भए उनीहरुलाई पनि अनुसन्धान गरी कारवाही गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा आक्रमणकारीलाई कारवाही गर्ने जुन ऐन छ त्यसको पछिल्लो संशोधन २०७९ सहित त्यसमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य…

Read More

झापा । दसैं-तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको थालनी गरेको छ । मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको कार्यक्रम अपरान्ह दमकमा सोही कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपालमा ख्याती कमाएका कलाकार तथा स्थानीय कलाकारहरूलाई सहभागी गराइएको कलाकार किशोर भण्डारी (डिट्ठासाब)ले जानकारी दिए । बुधबार असोज १० गते इटहरी र धरानमा कार्यक्रम आयोजना गरिने कलाकार डिट्ठासाबले बताए । कार्यक्रममा जनचेतनामूलक प्रस्तुतीहरू रहने उनको भनाइ छ । त्यसपछि कलाकार तथा आयोजकको टोली राजविराज जानेछ । राजविराजपछि गोलबजार, त्यसपछि महेन्द्रनगरहुँदै जनकपुर, जलेश्वर, बर्दिबास, चन्द्रनिगाहपुर,…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन् । मंगलबार साढे १२ बजेको उडानमा उनी चीन गएका हुन् । उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए । क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका हुन् । एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो ।

Read More

काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

Read More