Author: खबरमञ्च
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ । उहाँले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलकसमाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले…
काठमाडौँ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै छ । आजै कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने चलन रही आएको छ । विभिन्न कलकारखानामा विश्वकर्माको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर विश्वकर्माको मूर्ति भोलि मङ्गलबार नदीमा लगेर सेलाइन्छ । यस दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि…
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दर खाजा भत्ताले दिने निणर्य गरेको छ । यसअघि दैनिक एक सयको दरले खाजा भत्ता दिइँदै आएको थियो । बैठकले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निणर्य गरेको छ । प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०।८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निणर्य गरेको छ । सङ्घीय सरकारको बन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई…
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर मोरङ प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा आइतबार जारी सूचनामा विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु बनाएर विविध समूहबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकिएको हो । प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर स्वागत गरेका छन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो। प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ। चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे । यो भारतको ८औं एसिया कप उपाधि हो । यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५दशमलव २ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । सिराजले ७ ओभरमा १ मेडन राख्दै…
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ६० केजी सुन तस्करी प्रकरणमा सरकारले निर्लज्ज र बेसरम भएर तस्करीलाई जोगाएको दाबी गरेका छन् । आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल बिचार गोष्ठीमा’ उनले सरकारले सुन तस्करी प्रकरणका मुख्य दोषीलाई भगाउन सरकारले मद्दत गरेर निर्लज्जता देखाएको बताए । उनले भने, ‘सरकार त निर्लज्ज भएर बेसरम भएर सुन बुझ्न गएको मान्छेलाई कस्को सुन हो ? के हो ? कहाँबाट आयो ? कसले पैसा हाल्यो ? त्यो कुराको सोधि खोजी नगरी कहाँ लिएर जाँदै थियो त्यो पनि नसोधिकन छोड्यो होला त ?’ उनले भाटभेटेनीका सञ्चालकलाई समातेको तथा कांग्रेसका सांसदलाई विना पुर्जी…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडा भन्दा कडा कारबाही गर्ने बताएकी छिन् । मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन अगाडि बढ्नु पर्ने भन्दै सरकारले कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले भनिन्, ‘हस्पिटलले आफ्नो मर्यादामा रहेर काम गर्दा पनि जनताको आक्रोशको शिकार हुनुपर्ने र डाक्टरहरुलाई शारिरिक रुपमा नै आक्रमण गर्ने जुन अराजकपूणर् अवस्था देखिएको छ । यो आफैमा बेठिक छ, यो समस्याको समाधान हुनुपर्छ । नेपालको कानून बमोजिम दोषीले सजाय पाउनु पर्छ । यो डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन गरेर अगाडि…
काठमाडौं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे कोलोम्बोमा हुँदैछ । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी–२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र सुरक्षा, धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख गरिएको छ । आजबाट मांस, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन…