Author: खबरमञ्च
झापा । दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । चौथो दिन आज कुष्माण्डा भगवतीलाई शुभकर्म थालनी,असत्यमाथिको जित र सृष्टिको प्रतीकको रुप मानेर शक्तिको लागि पुज्ने गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । कुभिण्डो उष्ण हावापानीको प्रकृतिमा हुर्किने फल भएकाले यसको भित्री गुण शीतल हुने हुँदा कुष्माण्डा देवीको प्रतीक मानेर…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर…
काठमाडौं । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा पुगेकाे छ । आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएकाे विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टाेलीलाई १–० ले हराउँदै समग्रमा २–१ काे जित निकालेर नेपाल दाेस्राे चरणमा पुगेकाे हाे । नेपालकाे जितमा मनिष डाँगीले गाेल गरे । मनिषले खेलकाे ५२ औँ मिनेटमा अञ्जन विष्टकाे पासमा गाेल गरे । गएकाे बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल लाओससँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे । अब नेपालले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको शेखर कोइराला समूहका ‘विद्रोही’ केदार कार्कीलाई समर्थन गरेको नेकपा एमालेले सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । ९ सदस्यीय मन्त्रिपरिषदमा एमालेले ५ वटा मन्त्रालय माग गरेको हो । मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै एकजना कांग्रेसबाट र अर्का एकजना एमालेबाट मन्त्री नियुक्त गरिसकेका छन् । तीन सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री कार्कीबाहेक कांग्रेसका शमशेर राई र एमालेका राम राना मन्त्री बनाइएका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा आफूहरुको पाँचवटा मन्त्रालयमा दाबी रहेको बताए । मन्त्रालय बाँडफाँटका विषयमा एमालेले आज छलफल गर्ने प्रयास गरेको भए पनि मुख्यमन्त्रीको व्यस्तताका…
बिर्तामोड । दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो । झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ । झापा ११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन । निर्धारित ६० मिनेटमा दुवै टिम…
विराटनगर । दशैं सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ । पाथिभरामा अरु बेला पनि तीर्थालुहरु पुग्ने गरेका छन् । खासगरी दशैंमा भवगतीको पूजा अर्चना गरिने भएकाले यही बेला धेरै श्रद्धालु पाथिभरा पुग्ने गरेका छन् । दशैंको पहिलो दिन करिब १ हजार ३ सयजना श्रद्धालुले पूजा अर्चना गरेको पाथिभरा संरक्षण समितिले जनाएको छ । त्यसयता दैनिक रुपमा तीर्थयात्रीको संख्या बढिरहेको छ । तीर्थयात्रीको संख्या यकिन गणना गर्न यसपटक सीसी क्यामरा जडान गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथिभरामा…
काठमाडौँ । जिल्ला–जिल्ला पुगेर सर्वसाधारणको धारणा र भावना बुझेर फर्केको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विज्ञहरूका सुझाव बटुलेर पार्टीको भावी नीति तथा कार्यक्रम बुन्न सोमबारदेखि काठमाडौंमा ‘नीति मन्थन’ आयोजना गरेको छ । शासकीय व्यवस्था, आर्थिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन, वातारण र जलबायु परिवर्तनलगायतका मुद्दामा विज्ञसहित रास्वपाका नेता कार्यकर्ताले छलफल गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले पार्टीको नीति तय गर्नका लागि नागरिककहाँ प्रश्न लिएर गएको र अब विज्ञहरूका कुरा सुन्नका लागि नीति मन्थन गरिएको बताए । ‘चुनावपछि नीति, कार्यक्रम बनाउने गरी होइन । हामी हाम्रा नीति कार्यक्रम चुनावअघि नै तर्जुमा गर्दैछौं । ०८४ पछि नीति बनाउने होइन । नीतिअनुसार काम गर्ने हो,’ उनले सामाजिक…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्वय समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताए । केन्द्रमा गठबन्धनको शीर्ष नेतृत्वबीच कोशीको मुख्यमन्त्री माओवादीलाई दिने सहमतिविपरीत शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले ‘विद्रोह’ गरेका थिए । नेकपा एमालेका ३९ र कांग्रेस शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री कार्कीले…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिनअघि मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन् । विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार सोमबार नै प्रदेशससभामा सूचना दर्ता गरिएको हो । आफूसहित काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । एमालेका उपनेता रामबहादुर मगर र आफूसँगै कांग्रेसमा ‘विद्रोह’ गरेका इलामबाट…
काठमाडौं । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो । यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले भोली सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।