Author: खबरमञ्च

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । उनले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको बताए । उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने बताए । सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए…

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आगामी बैठकमा मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ । साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले बताए । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम आज गर्दै छ । चियापानमा दश हजारजनालाई निम्ता कार्ड बाँडिएको छ । चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक कांग्रेसले हरेक वर्ष निरन्तरता दिँदै आएको छ । ०३३ साल पुस १६…

Read More

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको शव फेला परेको छ । उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र शव फेला पारेका छन् । हत्या हुनेमा २६ वर्षीया श्री देवी बोहरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा रहेकी छन् । स्थानीयका अनुसार दशैँ मनाउन माइती गएकी श्रीदेवि बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए । तर, उनको घरमा ताल्चा लगाएको थियो । उनीहरु घर फर्किएपनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजि गर्दा…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो । भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार आएका थिए । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको हो । साथै कार्तिक १२ गते नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका बारेमा पनि छलफल भएको छ ।

Read More

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईले जितेको छ । नेपालले यूएईलाई दिएको १ सय ६३ रनको लक्ष्य यूएईले ४ विकेटको क्षतिमा पूरा गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर १६२ रन बनायो । १ सय ६३ रनको लक्ष्य पछ्याएको युएईका लागि ओपनर व्याट्सम्यानद्वय क्याप्टेन मोहम्मद वसीम र आर्यन शर्माले ७१ रनको बलियो साझेदारी गरे ।  २२ बलको सामना गरेका मोहम्मद वसीमले २ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाउँदा उनका साझेदार शर्माले २६ बलमा २५ रन जोडे । निकै राम्रो व्याटिङ गरिरहेका क्याप्टेन…

Read More

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमान्लाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले…

Read More

काठमाडौँ । नेकपा एमालेले चाडवाडको अवसरमा प्रत्येक वर्ष गर्दै आएको चियापान कार्यक्रम एक दिन पर सारेको छ। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको हो। यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने जनाइएको छ।

Read More

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि भिडन्तमा नेपालले युएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टियु क्रिकेट मौदानमा जारी खेलमा टस जितेर बलिङ रोजेको युएईसामु नेपालले १ सय ६२ रनको योगफल प्रस्तुत गरेको हो। जारी खेलमा नेपालका लागि ओपनर व्याट्सम्यानद्वय कुशल भुर्तेलले २९ बलको सामना गर्दै ५० रनको योगदान गर्दा आसिफ शेखले १२ बलमा ७ रन जोडे। यस्तै १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए। सोमपाल कामीले ८ बलमा १३ रन…

Read More

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि भिड्न लागेका हुन् । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा युएई दोस्रो भएर फाइनल…

Read More