Author: खबरमञ्च

तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ।प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५२ बजेको मुहूर्त उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त,…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम नागरिकलाई ऋणमुक्त गराउन सरकारसंग अनुरोध गरेका छन् । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरमा आयोजित राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा उनले आम नागरिकलाई ऋणमुक्त गर्ने निणर्य गरेमात्रै साख्वामाथिको सच्चा सम्मान हुने बताए । चर्को ऋणकै कारण नेपालीहरु देश छोड्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘यो देशमा, लघुवित्तका माध्यमबाट सहकारीका कारणबाट र विभिन्न कारणहरुले मानिसहरु ऋणको पासोमा पुगेका छन् । बैंक व्याजका कारणले तिर्न नसकेर घरबारविहीन भएर घर गाउँ देशै छोडेर जाने अवस्थामा पुगेका छन् यदी हामी साँच्चै नै शंखधर साख्वालाई सम्झिने हो र उहाँलाई ह्दयमा राख्ने हो…

Read More

काठमाडौं । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत छन् । यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् । जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ ।…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथिको प्रतिवन्ध निणर्य सामाजिक सद्भाव बचाउने उद्देश्यले सबै दलको सहमतिमा गरिएको दाबी गरेका छन् । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निणर्य भएको बताएका हुन् । ‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तर्राष्ट्रिय रुपमा पनि सबभन्दा लोकतान्त्रिक र विकशित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहान्छु,’ उनले भने, ‘जति निणर्य गरिएका छन्…

Read More

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी गोरु तिहार पर्व मनाइँदै छ। वर्षभर कृषि कर्ममा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा गरेर मीठो खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। आज बिहानै घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने प्रचलन छ। यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ। द्वापर युगमा भगवान् श्रीकृष्णले…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । ‘२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ,’ नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निणर्य गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण…

Read More

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताएका छन् । सोमबार सरकारले टिकटक बन्द गर्ने निणर्य गरेसँगै सामाजिक सञ्जालमा लेख्दै उनले बन्द होइन नियमन गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द…

Read More

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निणर्य गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सरकारको टिकटक बन्द गर्ने निणर्यले अभिव्यक्ति तथा व्यैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै सरकारले यो कदमलाई किन्तु परन्तु नगरी सच्याउनु पर्ने बताए । उनले भने, ‘टिकटक बन्द गर्ने निणर्य गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर यसको नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई…

Read More

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने र घृणा फैलाउने कार्य भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको शर्माले बताइन् । ‘क्याविनेटले टिकटक बन्द गर्ने निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको छ । निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा साथीहरु लागिसक्नुभएको छ । केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यसमा सबैको सहयोग चाहिन्छ । आवश्यक प्राविधिक व्यवस्था गर्न सञ्चार मन्त्रालय…

Read More