Author: खबरमञ्च

काठमाडौं । इजरायल–हमास द्वन्द्वमा फसेका १ सय ५४ जना नेपालीको सरकारले आज बिहान सबेरै उद्धार गरी सुरक्षीत नेपाल ल्याएको छ । द्वन्द्वबाट बच्न बंकर लगायतका स्थानमा बसेका एक विद्यार्थीको समुहले उनिहरुको तत्काल उद्दार नहुने स्थिति देखेपछि इजरायल द्वन्द्वमा परी मर्नुभन्दा पहिला परिवारलाई सूचना दिने भनेर सामाजिक सञ्जालबाट आफूले भिडियो बनाएर फेसबुकमार्फत पोस्ट गरेको विद्यार्थी लुईस रिजालले बताएका छन् । उक्त भिडियोलाई नेपाल सरकारसम्म पुग्न केही क्षण पनि लागेन । इजरायलमा फसेका अन्य देशका नागरिकलाई उनीहरुको सरकारले उद्दार गरी लगेपनि नेपालबाट त्यतिन्जेल (झन्डै ४८ घण्टा) सम्म कुनै पनि पहल नगरेको अवस्थामा आफूहरु त्यहि मर्ने स्थिति आएको र मर्नुभन्दा पहिला घरपरिवारलाई जानकारी…

Read More

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीको समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार विराटनगरमा बसेको समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो । कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ । पार्टीको केन्द्रीय स्तरबाट थप केही निर्देशन आए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको जनाइएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीले एमालेसहितको सहयोगमा कांग्रेसका ८ जना सभासदहरुको समर्थनमा बिहीबार दाबी पेस गरेका…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् । २५३ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसंग उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताए । उनले भने, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’ अहिले २ सय ५३ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भिर भूमिका खेल्ने उनले बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि…

Read More

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।   हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँसुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे । इजरायलबाट फर्किदाको त्यो क्षणमा विमानस्थलमा सँगसँगै खुसी र आँसु देख्न सकिन्थ्यो । बिहीबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं…

Read More

काठमाडौं । इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ । शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिएका छन् ।  विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित थिए ।  नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल गएका थिए । 

Read More

झापा । झापाको अर्जुनधारामा नेकपा एमालेका नेता महेश बस्नेत उपस्थित कार्यक्रमका सहभागी एमाले नेता तथा कार्यकर्ताका सवारी साधनका सिसा फुटाइएको छ । एमाले नेता बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रम बिथोल्न पूर्वका पहिचानवादी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू तोडफोडमा उत्रिएका हुन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता तथा कार्यकर्ताले पार्किङ गरेर राखेका सवारी साधन उनीहरूले तोडफोड गरेका हुन् । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो । तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न बिर्तामोडका एक पुरुषलाई…

Read More

काठमाडौं । लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् । यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए । विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् । लाओसविरुद्ध ४८ औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो । अन्जनको गोलसँगै विश्व कप छनोटमा १-१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।

Read More

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका माओवादीका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् । उनीहरूले बिहीबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ । सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले…

Read More

काठमाडौं । बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । त्रसित जनसमुदाय गएराति गएको भुकम्पले झनै भयभीत बनाएको छ । यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको थियो । सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो ।

Read More

काठमाडौं । इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ । असोज २० गते प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् । मन्त्रालयको कार्यतालिका अनुसार विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने जनाएको छ । निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९:१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।

Read More