Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो । गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो । त्यस्तै उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् भने, गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आएको थियो । त्यस्तै उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा…
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १०–२० वर्षमा मुलुक रित्तिने अवस्था आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँदै ‘यही रुपले जनता भाग्ने हो भने मुलुक १०–२० वर्षपछि मुलुक रित्तै हुन्छ,’ उनले भने । ‘सबै बेरोजगार भएर, काम नभएका मान्छेमात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न ।’ उनले भने, ‘त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसे कम जापान । सुनियोजित…
काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिनुको लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । बिहीबार चेतन मानन्धरकी पत्नीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन समेत आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । अदालतले सो मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन समेत आदेश दिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा जन्मकैदको…
झापा । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ । गृह मन्त्रालयको मूल्याङ्कनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो । उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९-८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् । ३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन…
काठमाडौं । समाजिक सञ्जालमा लेखिएको विषयलाइ लिएर तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले…
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुने एकदिवसीय विश्वकप १३ औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ । विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् । तस्तै विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष…
काठमाडौं । सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको छ भने १ सय २० जना भन्दा बढी बेपत्ता भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका सैनिक छन् । बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो । लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।
काठमाडौँ । निवेदन दिने, तारिख धाउने, फैसला कुर्नेहरूको दैनिकीले सर्वोच्च अदालत परिसर बुधबार पनि व्यस्त थियो । यस्तैमा दिउँसो साढे १२ बजेतिर हलचल देखियो– रिट दायर गर्ने ढोकानजिकै । कुर्सीमा बसेकी महिला हातखुट्टा फाल्न थालिन् । सुक्खा मुख च्यापच्याप पारिरहेकी थिइन्, सास फेर्न सकस परिरहेको थियो । साथमा एक आफन्त मात्र थिइन् । उनले पानी खुवाउन थालिन्, हातखुट्टा मालिस गर्न लागिन् । भीडभित्रै कानेखुसी चल्यो– ‘यी त रिगलको आममाफीविरुद्ध अनशन बसेकी महिला होइनन् ?’ ‘अस्पताल लैजाऔं न’ भनेर आफन्तले गुहारेपछि एक महिला सुरक्षाकर्मी आइपुगिन्, सम्हाल्न सघाइन् । तर अस्पताल लग्ने प्रबन्ध केही भएन । ‘लौ न खुट्टा चिसो हुन थाल्यो,’ आफन्त अत्तालिइन् । सुरक्षाकर्मीले भन्न थाले, ‘अस्पताल लैजानुपर्छ । ट्याक्सी लिएर…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् । बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर पार्न पार्टी भित्र हुँदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भइरहेको र हौवा फैलाउने कार्य भइरहेको बताएका हुन् । एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरु लागिपरेकोले यसतर्फ सचेत भएर हिड्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । उनले नेकपा एमालेको भिजन सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिवी निवारण गर्ने…