Author: खबरमञ्च

काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रका त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिका-२ कास्की घर भइ हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको उल्लेख गरेका छन् ।

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालै इजराइलमा भड्किएको हिंसामा ज्यान गुमाएका  १० जना नेपालीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । सोमबार एक विज्ञाप्ती जारी गर्दै उनले अध्ययन र रोजगारीका शिलशिलामा इजराइलमा रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा पनि चिन्ता व्यक्त गरेका हुन् । ‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नु पर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ हाल्नु पर्ने आवश्यकता रहेको हामीले महशुस गरेका छौं ।’ पूर्व राजाको सम्बाद सचिवालयको विज्ञप्तिमा जारी छ । विज्ञप्तिमा आजको दुनियाँमा द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध…

Read More

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार…

Read More

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले इजरायलमा हमास ले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यो विषयमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्ने बताए । उनले भने, ‘ती नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन ।’ उनले प्रधानमन्त्री दाहाल र इजरायलका प्रधानमन्त्री बिच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाको लागि छलफल गर्नु पर्ने बताए । देशमा अवसर नपाएर…

Read More

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाज नमानि संघीयता खारेजी गर्नुपर्ने दोहोर्‍याएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले महंगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे । उनले भने, ‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न, त्यसपछि बल्ल न्वारन हुन्छ । बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पाद मचिन्छ । कतिचोटी त्यहाँ सरकार बने, कति भत्किरहेछन् । यो जात्रा देख्न र सुन्न नेपाली जनताले परेको छ । तैपनि मान्यहरुले संघीयताको मुरली बजाइरहन्छन् । संघीयताले गरेर खाएन अब ।’ उनले संघीयतामा अनावश्यक खर्च भएकोप्रति व्यङ्ग्य गर्दै थपे, ‘देख्नुभएन, मुख्य…

Read More

काठमाडौं । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार राति परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो । यो कठिन घडिमा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ । १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाउँदै दूतावासले नेपालीको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क…

Read More

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज बेलायत जाँदै छन् । प्रधानसेनापति शर्मा बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सका निमन्त्रणामा बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा जाने भएका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रिएन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ ।

Read More

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै आक्रमणमा परी नौ नेपाली घाइते भएको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, दशैमा घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर फर्किन निर्देशन दिएका छन् । आज दशैं, तिहार र छठपर्वको अवसरमा नेकपा एमालेले आयोजना गरेको शुभकामाना आदानप्रदान कार्यक्रममा उनले अरु र एमालेका कार्यकर्ता दर्श मनाउन घर फर्किदाँ फरक उद्देश्य हुनु पर्ने बताए । ‘एमाले घर फर्किएको र अरु दशैं मनाउँन घर जानुमा फरक हुनुपर्छ । हामी यति बेला पनि भ्रमको तुवालो हटाउने कसरी, सत्यको दियो जलाउने कसरी, नपुगेका स्थानमा प्रकाश पुर्याउने कसरी, असंगठित मानिसलाई संगठित गर्ने कसरी, यो चाडलाई बत्तीको चाड भनिन्छ, यो चाडमा दियो मात्रै होइन चतनाको दियो भने बाल्ने चाडको रुपमा परिनत गर्न…

Read More

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामाको घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए।संविधानको धारा १६३ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत नपाए पुुनः १६८ (५) अन्तर्गत बन्ने सरकारको मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव लिएर उनले राजीनामा दिएका हुन्। लगत्तै बसेको प्रदेशसभा बैठकमा उनले प्रदेशप्रमुख समक्ष राजीनामा बुझाउने प्रतिबद्धता जनाएपछि आजका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ ९३० अनुसार २२…

Read More