Author: खबरमञ्च

काठमाडौं । बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ । दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतिकका रुपमा पुजिन्छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाअर्चना गरी प्रसन्न पार्ने गरिन्छ । देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट सटही सुविधा दिँदैछ । नजिकिँदै गरेका दशैँ, तिहार र छठ लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने…

Read More

काठमाडौँ । कोशी प्रदेशमा सरकार निर्माणको क्रममा कांग्रेस विभाजित भएपछि महामन्त्री विश्वप्रकाश शर्माले उक्त घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता राख्न आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले सँधैभरि यही गठबन्धन बोक्न जरुरी नभएको विचार राख्दै तर अर्को गठबन्धन बनाउदा पार्टीले संस्थागत निर्णय गर्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्- ‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन । तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।’  साथै उनले सल्लाहले `डिभोर्स´ गर्न मिल्छ भन्दै घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु नहुने बताउदै एमालेसँग शेखर कोइराला…

Read More

विराटनगर । कोशीका मुख्यमन्त्री केदार काकीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उनले गरे । उनले भने, ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ ।’ प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए । कांग्रेसका…

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् । शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो । यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ । पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।

Read More

विराटनगर । कोशी प्रदेश मन्त्रिमण्डल तीन सदस्यीय बनेको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ ग्रहण गरेलगत्तै दुईजना मन्त्री सिफारिस गरेका थिए । उनको सिफारिसमा एमालेका रामबहादुर राना र कांग्रेका शमशेर राई मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् । कांग्रेसका ‘विद्रोही’ ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । अन्य मन्त्रीहरु थप्ने विषयमा एमालेसँग छलफल गरी टुंगो लगाइने भएको छ । थपिने मन्त्रीहरुमा कार्कीलाई समर्थन गर्ने कांग्रेस सांसदहरु तथा एमालेका सांसदहरुमध्येबाट हुने जनाइएको छ ।

Read More

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो । मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए । उनलाई गठबन्धन दलले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षका केही…

Read More

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनीबार गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई उपचारको लागि आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने जानकारी दिएको थियो । राति नै उनलाई त्यसतर्फ गिएको छ । शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘सेडाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा…

Read More

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आजको दिन…

Read More

निराजन निरौला, झापा । झापाको बिर्तामोडमा ‘सिर्जनशील गजल महफिल – २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सिर्जनशील समाजिक युवा समूह नेपालले आयोजना गरेको महफिलमा पाँच जना गजलकारहरुको बिशेष प्रस्तुति रहेको थियो । जसमा धनकुटाका गजलकार याक्थुङ्बा कान्छा, पाँचथरका मृदुल आङ्बो, पाँचथरकै पवन अधिकारी, त्यस्तै झापाकी सुनिता तामाङ र इलामकी अञ्जीला थामी अर्पणाले पाँच-पाँच वटा गजल वाचन गर्नुभएको थियो । दुई शृङ्खलामा बिभाजित महफिलको पहिलो शृङ्खलामा प्रत्येक गजलकारले दुई-दुई वटा गजल वाचन गर्नुभएको थियो भने दोश्रो शृङ्खलामा तीन-तीन वटा गजलहरु वाचन गर्नुभएको थियो । मिलन, बिछोड, खुसी, रोदन, देशभक्ति लगायतमा आधारित गजलले दर्शकहरुको मनमात्र तानीरहेको थिएन एकसाथ दर्शकहरुको ‘वा…..वा….,…

Read More