Author: खबरमञ्च
काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीवार रिगललाई तत्काल पक्राउ गर्न परमादेश समेत दिएको छ । अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा तीनै तहका अदालतले रिगललाई जन्मकैदको सजाय गरेको भए पनि संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । तर सर्वोच्चले उक्त निर्णय बदर गरिदिए पछि रिगल अब पुनः जेल…
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलि युएईसँग हुने सेमीफाइनलमा आजका भुल सुधार्ने प्रतिबद्धता जनाएका छन् । आज भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि, प्रशिक्षक देसाईले भोलिको खेलमा आजका भुल सुधार्ने बताएका हुन् । खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गरे । सँगै उनले नेपालको खेलले आज दर्शकहरु निराश हुनु परेपनि भोलि युएईसँग हुन लागेको खेलमा आजको भन्दा राम्रो गर्ने बताए । देसाईले भने,‘आज हामीले आफ्नो लाइन क्रस गर्न हुँदैन थियो । यो निराशाजनक हो । म भन्दा पनि धेरै खेलाडी…
काठमाडौं । टी–२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समूह ए को बिजेता बनेको छ । ओमान पाँच रनले विजयी भयो । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनाएको हो । नेपालका लागि २४ बल खेलेका बिवेक यादवले सर्वाधिक ३९ रन बनाए । १८ बलको सामना गरेका कुशल भुर्तेलले २६ रन बनाए । रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए । यस्तै गुल्सन झा ३, विकेक यादव २ र कुशल मल्लले १० रनमा आउट भए । पावर प्लेमा ओमानलाई दबाबमा राखेको नेपालले सोही नियति भोग्नुपर्यो । पाँच ओभरको खेल समाप्ति…
काठमाडौं । सरकारले (आज) बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निणर्य गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निणर्य गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नणर्य गरेको जानकारी दिए । उनका अनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ । बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।
काठमाडौं । टी-२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानले सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल इतिहासमा दोस्रोपटक टी-२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ । शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ । समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल गर्यो । लगातार दोस्रो जीतपछि नेपालले ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो ।
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ । बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ । संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए । ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्नु झूट भएको बताएका छन् । आज नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको भन्दै त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्ने बताए । उनले भने, ‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झूट बोलेको हुन्छ । त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्छ । राजनीतिक तिक्तताको मुद्दा छुट्याउनु पर्छ । अनि बैठक बस्नु पर्छ । यसका लागि रास्वपा सधैँ नै तयार छ ।’ उनले भने, ‘यो बीचमा भएका कमी कमजोरीहरुलाई कमसेकम सूचिगत गरेर यो ३–४ वर्ष तपाईहरु…
विराटनगर । तेह्रथुमको छथर गाउँपालिकाले कोदोबाट बनेको रक्सीको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कानून बनाएर ब्राण्डिङ गर्ने तयारी उक्त पालिकाले सुरु गरेको छ । कोदोबाट बनेको स्थानीय रक्सीको उत्पादन, ब्राण्डिङ र बजारीकरणका लागि कानुन बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताएका छन् । गाउँपालिकाले आफ्नो वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम समेटेको थियो । कोशी प्रदेश सरकारले यसअघि घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि योजना आयोगका सदस्य पूणर्कुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । कार्यदललाई नेपाली मौलिक कौशल प्रयोग गर्दै कोदोबाट घरेलु…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडित केन्द्रित भएर टुंग्याउनु पर्ने बताएका छन् । बुधबार पार्टी कार्यलय च्यासलमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उनले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिकासाथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताएका हुन् । उनले भने, ‘यो राम्रै सँग सहमतिका साथ टुङ्याउनुपर्छ । पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ, । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । त्यो त हाम्रो छ दै छ नि । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’
काठमाडौं । नेकपा एमालेले आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुनेछ । यसअघि एमालेले हिजो मंगलबार चियापान आयोजना गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम परेकाले चियापान आजका लागि सारिएको थियो । चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको एमाले प्रचार विभागले जानकारी दिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि एमालेले चियापानमा निम्तो गरेको छ । यसअघि एमालेले…