Author: खबरमञ्च
काठमाडौं । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी एक सय ७० जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसै गरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल…
काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ । भूकम्पमा गरी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार साँढे सात बजेसम्ममा ९२ जनाको मृत्यु पुष्टि भइसकेको छ। थप विवरण संकलन भइरहेको भन्दै शर्माले मृतकको संख्या बढ्न सक्ने बताए। उनले भने, ‘सूचना संकलन कार्य चलिरहेको छ । अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी ४७ जना नलगाड नगरपालिकाका परेका छन् ।’ यस्तै रुकुम पश्चि र जाजरकोटमा…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन्छ । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन् ।
झापा । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार करिब १ सय ५० जना भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसारआज बिहान ६ :१५ बजेसम्मको जाजरकोटमा मात्रै ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेका छन्। साथै भूकम्पमा परी जाजरकोटमा ७० जना घाइते भएको बताइएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल सुर्खेत, जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा उपचार भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला…
विराटनगर । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको छ । एमालेले भोलि रानालाई राजीनामा गराउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ । राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म मन्त्रालयसमेत दिइएको छैन । ‘माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि हामी बसिरहनु उपयुक्त छैन’, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आवश्यक छलफल गरेर भोलि सरकारबाट बाहिरिन्छौं ।’
काठमाडौं । ओपनर आसिफ शेखको अर्धतकमा नेपाल आइसिसी टि२० विश्वकपमा छनोट भएको छ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे। नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३…
काठमाडौं । आईसीसी टी–२० क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ । अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ। यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ । खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।
झापा । बिर्तामोडको पश्चिम स्ट्याण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भइरहेको भन्ने गुनासो आएपछि बिहीबार अनुगमन गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनमा २ किलो कुहिएको छोकडा घाममा सुकाइरहेको फेला परेपछि जफत गरिएको छ । अनुगमनमा ३ दिन भित्रमा उपभोक्ताले देखिने गरि मुल्य सूची टांस्ने, तेल, बेसन लगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरुलाई निर्देशन दिने, प्याकिंग गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञा पत्र लिने लगायतका निर्देशन दिएको नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । हेलो सरकारमा अनिल किराना…
झापा । २०२८/२९ सालको झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ । कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ बर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् । उनको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका वाग्ले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गरेका थिए ।
नेपालगन्ज । बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्ति रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले निजलाई आज अपराह्न पक्राउ गरिएको जानकारी दिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन…