Author: खबरमञ्च

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको लोकतन्त्र, गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिपरेको दाबी गरेकी छन् । शनिबार ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका होनहार व्यक्तित्वहरुले सहदातप्राप्त गरेर ल्याएको व्यवस्था लोकतन्त्र र गणतन्त्रप्रति प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको दाबी गरेकी हुन् । उनले भनिन्, ‘यत्रो बलिदान गर्यौं । कीर्तिपुरसहित देशभरका होनहार व्यक्तित्वहरुले सहदात प्राप्त गरेर व्यवस्था प्राप्त गर्यौं । त्यो व्यवस्था, लोकतन्त्र, गणतन्त्रप्रति फेरि पनि यहाँ प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको हामीले देखिरहेका छौं ।’ मन्त्री शर्माले हिजोको निरंकुशता नभोगेका र नदेखेकाले व्यक्ति…

Read More

विराटनगर । झापा र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुनसरीको दुहबीमा नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । उता, झापामा नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करले एकजना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुहबी नगरपालिका ७ मा बिहीबार राति को ३८ प ५८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बसेका २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालक दुहबी–७ का २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, पूर्वपश्चिम राजमार्गको झापा, कन्काइ नगरपालिका–८ मा नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले…

Read More

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफलमा छठपछि सरकार विस्तार गर्ने सहमति भएको हो । मन्त्रिपरिषद विस्तार गर्ने क्रममा काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एस र जसपाले एक–एकजना मन्त्री पाउने सम्भावना भए पनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् । मुख्यमन्त्री कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयकलगायत विषयमा शुक्रबार माओवादी संसदीय दलका…

Read More

झापा । चलचित्र पत्रकार संघ नेपालले झापामा आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार बिर्तामोडमा एक कार्यक्रमकाबीच संघको झापा शाखा गठन भएको हो । ६ महिनासम्मका लागि पत्रकार रमेश तिवारीको अध्यक्षतामा संघको झापा शाखाको १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन भएका छन् । सदस्यमा सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता साखी, दिपेन भेटवाल, रविकिरण वान्तवा, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल सर्वसम्मत् चयन भएका छन् । संघका कोशी प्रदेश समितिका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा संघको केन्द्रिय…

Read More

काठमाडौँ । देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ…

Read More

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट यमपञ्चक प्ररम्भ भएसँगै सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि प्रारम्भ भएको छ । आज तिथि अनुसार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्छ ।  यमदीप दान गरे परलोकमा यमको यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । त्यसैले  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म परिवारको सदस्य संख्याको आधारमा यमदीपदान गर्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार…

Read More

काठमाडौं । मधेस प्रदेश सरकारले संघीय सरकारलाई ६ बुँदे माग राख्दै बिहीबार ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्रीले ३० दिनभित्र सबै माग पूरा गछौं भन्ने प्रतिक्रिया दिएको बताए । उनले आफूहरुको माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिए । उनले भने, ‘प्रधानमन्त्रीले तपाईंहरुको माग जायज छ । ३० दिनभित्र प्रदेशका माग सम्बोधन गर्छौं भन्नुभएको छ । त्यो भएन भने हामी सबै दल बस्छौं । धर्ना बस्छौं । आन्दोलन गर्छौं । जेजे गर्नुपर्ने हो…

Read More

काठमाडौँ । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेटमा नेपाली खेलाडीहरुले गरेको राम्रो प्रदर्शनको गम्भीरतापूर्वक छलफल गरी मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘विराटनगर, मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भन्ने निर्णय भएको छ । अहिले क्रिकेटमा नेपाली खेलाडीले गरेको राम्रो प्रदर्शनका विषयमा गम्भीरतापूर्वक छलफल भएको छ ।’ उनले लामो समयदेखि निर्माणको काम अवरुद्ध भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण परियोजना…

Read More

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब बराबरको रकम भूकम्प पीडितलाई दिने निणर्य गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बराबर रकम दिने निणर्य गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘प्रधानमन्त्री र सबै मन्त्रीहरुले भूकम्प पीडितहरुको लागि एक महिनाको पारिश्रमिक दिने भन्ने पहिलो निणर्य भएको छ ।’ विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने पनि निणर्य भएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाइँदै आएको…

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन् । उनले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भैरहेको बताएका हुन् । आज काठमाडौंमा आयोजित एक होटलको उद्घाटन कार्यक्रममा उनल पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको बताए । उनले इजरायलबाट नेपालीको उद्दार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्दार गर्नेदेखि विपदको समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भैसकेको बताए । त्यसैले पर्यटन प्रर्वद्धनका लागि पनि जहाज थप्नुपर्नेमा उनले…

Read More