Author: खबरमञ्च

झापा । झापा गाउँपालिका– ६ बस्ने सकुन्तला खड्काको गोठमा आगलागी हुँदा दुईवटा खसीबाख्रा जलेर मरेका छन् । हिजो राति १० बजेको समयमा खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किन गइ आगलागी भएको हो । आगलागीबाट टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जल्दा गोठभित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर मरेका छन् । आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोली र स्थानीयबासी समेतको सहयोगमा राति पौने ११ बजे आगो पूर्ण रुपमा निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका– ७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु थियो । स्कुटर चालक अर्जुनधारा– ९ निवासी २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी– ६…

Read More

काठमाडौँ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मक देखिएका छन् । सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरूबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए । उनले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति शिर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने बताए । उनले सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिव…

Read More

काठमाडौँ । एपिएफले सोमवार कोशी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ । एपिएफले मुलपानीमा कोशीमाथि जित निकाल्दै आफ्नो अपराजित यात्रा चार खेलसम्म पुर्‍याएको हो । पहिलोपटक राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा कोशीको भने चौथो खेलमा अपराजित यात्रा रोकिएको छ । कोशीले दिएको ८५ रनको सामान्य लक्ष्य एपिएफले मात्र दुई विकेट गुमाएर १७.३ ओभरमा पूरा गर्‍यो । यससँगै एपिएफका चार खेलबाट चार जितसहित ८ अंकसहित शिर्ष स्थानमा यथावत छ । एपिएफको जितमा इन्दु बर्माले सर्वाधिक ३६ रनको अविजित इनिङ खेलिन् । उनले ३४ बलमा समान दुई चौका र छक्का हिर्काइन् ।…

Read More

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ । सनातन धर्मावलम्वीहरु सोमवार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए । बिरोध प्रदर्शनमा सहभागी भएकाहरुले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए । उनीहरुले गैरजिम्मेवार मन्त्री राजिनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् । सोमबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्स्व समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने र अरु खालका विकृतिहरु हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे । नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने उनले बताए । आम नागरिकहरु पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने गभर्नर अधिकारीको भनाइ थियो । उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो…

Read More

झापा । बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सन्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरीसकेको छ । सामुदायिक कुकुरको संख्या बढेसंगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरुको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन्दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरीएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । कुकुरलाई बन्ध्याकरणसंगै रेबिज विरुद्वको…

Read More

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को महासचिवमा झापाका घनश्याम अधिकारी विजयी भएका छन् । नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा अधिकारीले ८७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत ल्याए ।

Read More

झापा । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुनकुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ । झापाका स्थापित व्यवसायी मैनालीले यसअघि महासचिव पदमा विजयी हासिल गरेका थिए । मैनालीलाई अध्यक्षका रुपमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले समेत आफ्नो औपचारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । नगर पार्टीको विस्तारित भेलाले मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो । बिर्तामोडको व्यवसायिक वृत्तमा…

Read More

झापा । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाह जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन दिन अगाडि झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा झापा आइपुगेका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसंग भेटघाट गर्दै सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरूस्त बनाउँदै जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रजिअका रूपमा पाल्पाबाट सरूवा भएर झापा आइपुगेका बाँस्तोलाले भारतसित खुल्ला सिमाना रहेको यस जिल्लामा हुने गरेका चोरी, तस्करी, भ्रष्टाचार, कालावजारी तथा नियम विपरितका सवै गतिविधि नियन्त्रणमा विशेष ध्यान राख्ने बताएका छन् । उनले झापा जिल्लाका सबै सरकारी सेवा प्रदायक कार्यालयहरूमा सूचनामैत्री वातावरण निर्माण गर्दै जिम्मेवारीको प्रगति विवरण सार्वजनिक गर्न अनिवार्य रूपमा सूचना अधिकारीको…

Read More