Author: खबरमञ्च

मोरङ । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क छ । विशेष गरी जाडो छल्न र बच्चा…

Read More

काठमाडौं । टिकटक बन्द गर्ने निणर्यबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढी रिट निवेदन दर्ता भएको छ । टिकटक बन्द गर्ने निणर्य नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । दर्ता भएका रिट निवेदनहरुमाथि आगामी सोमबारबाट सुनुवाई हुने बरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए । त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निणर्य कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको जानकारी दिए । संविधनमा हरेक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको अधिकार सुनिश्चिचता गरिएको भन्दै सरकारको निणर्य बदर गर्नुपर्ने उनले बताए । उनले बिज्ञहरुको टाक्सफोर्स बनाएर सामाजिक सञ्जालमा भइरहेको दूरुपयोग गर्न…

Read More

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने धारणा राखेकी छन् । विश्व शौचालय दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने धारणा राखेकी हुन् । उनले आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरबार भित्रको शौचालय सफा गर्ने गरेको दाबी समेत गरिन् । आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैं सफा गर्छु । त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैं गएर त्यसलाई घोट्छु…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारको लागि सरकारले केहि दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताएका छन् । शुक्रबार तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारमा आउँदा अर्थतन्त्रको अवस्था राम्रो नभएको र त्यो हाल सुधारउन्मुख रहे पनि दबाबमुक्त नरहेको बताए । त्यस्तै उनले चुनौतीपूर्ण अवस्थाको अर्थतन्त्रलाई सुधार गर्न केहि दिनपछि ठोस प्याकेज ल्याउने जानकारी समेत गराए । उनले भने, ‘अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन । मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले…

Read More

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।” छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैँडा अन्दाजी तीन दिन पहिले र…

Read More

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्वको आजदेखि विधिवत सुरुवात भएको छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ । श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन् । खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र…

Read More

रोग सबैलाई लाग्न सक्छ। रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन। धनी होस् कि गरीब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ। हिजोआज जुनसुकै अस्पतालमा उपचारका लागि पुगेका मानिसहरुलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ उनीहरु सबैको हैसियत समान हुँदैन। कुरा यत्तिमात्र हो कि उपचार गर्न भने आर्थिक हैसियत अनुसारको अस्पताल छानेर मानिसहरु जाने गर्छन्। तर रोगले अस्पतालको हैसियत हेरेर बिरामीलाई सहानुभूति भने प्रकट गर्दैन। यो कुरा चिकित्सा विज्ञानका धुरन्धर विज्ञहरुले नै अनुसन्धान गरेपछि भन्ने गरेका छन्। कुनैबेला केही धनीलाई मात्र लाग्छ भनिन्थ्यो। त्यसो भन्नाको कारण थाहा पाउन नसकेर सर्वसाधारण मानिसहरुले सहजै पत्याउने गरेका थिए।…

Read More

काठमाडौं । दशैं र तिहारको समापनसँगै आउने अर्को पर्व छठको तयारी गर्ने चटारो सुरु भएको छ । छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन् । जनकपुरधामका पोखरीका घाटको सरसफाइ गरिएको छ भने मठमन्दिरहरुको श्रृंगारपटार पनि भइरहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीय क्लव र संघसंस्थाको अगुवाईमा सरसफाइ गरेर सिँगार्ने काम भइरहेको छ । स्थानीय रामेश्वर साहको अनुभवमा यसपालीको छठ पर्व विगतको तुलनामा केही महँगो देखिएको छ । बजारमा सरसामानको…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साईतमा दुइजना बहिनीहरूका हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसपटकको यस वर्षको तिहार सुनसान नै बित्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन। त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नुहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो।

Read More