Author: खबरमञ्च

काठमाडौ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले नेकपा महासचिव चन्दसहित उनका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार…

Read More

काठमाडौं । इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामाुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने ,१२ जना आरोही बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । ‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् । सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाईे कार्य कठिनाई भएको र उद्दार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज…

Read More

काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ । समितिले एनसेलको सेयर बिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । एनसेलमा रहेको आजियटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा समितिले प्रश्न गरेको हो । समितिले आफ्ना प्रारम्भिक जिज्ञासा भन्दै नौ बुँदामा नियामक निकायसँग जबाफ माग गरेको छ । एनसेलको शेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, शेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपाल भए नभएको भन्दै समितिले पत्रमार्फत प्रश्न गरेको हो…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटी बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागेको छ । उच्च अदालत पाटनले शुक्रबार धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तीन जना आरोपितले आइतबार धरौटी बुझाएर पनि रिहा भएनन् । तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनले आइतबार धरौटी बुझाएका थिए । उच्च अदालत पाटनले शुक्रबार गरेको आदेश सो दिन ढिलो भएको र शनिबार सार्वजनिक बिदा परेकाले हिजो बिहान काठमाडौं जिल्ला अदालतमा उनीहरुलाई धरौटिमा रिहा गर्न आदेशसहितको फाइल पठाएको थियो । काठमाडौं जिल्ला अदालतका अनुसार आइतबार नरेन्द्र केसी र…

Read More

झापा । झापाको मेचीनगर नगरपालिका–१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् । मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए । दुर्घटनापछि मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका ३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार…

Read More

काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलको शेयर बिक्री गर्दै बाहिरिने घोषणा गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको बिहीबार भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले केही व्यापारिक समूहले लगानी फिर्ता गर्ने निर्णयबारे आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि सदैव आफ्नो पहल र प्रयत्न हुनेसमेत बताए । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सूदले बुधबार एनसेलबाट बाहिरिने घोषणापछि कम्पनी बिक्रीमा राख्ने घोषणालगत्तै सभामुखको धारणा आएको हो । यस्तै, उनले आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता हल्ला र…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल परिर्वतन नहुने स्पष्ट पारेका छन् । यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेरको सम्भावना नरहेको प्रष्ट पारेका हुन् । नेपाल फर्किनेबित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि ? पत्रकारको प्रश्नमा उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’ त्यस्तै उनले गृहमन्त्री हट्ने कुरापनि खारेज गरे । ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप-२८) मा भाग लिएर आइतवार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए । शनिवार सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए । उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए…

Read More

झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याएको छ । अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ । बिर्तामोड- २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन शुरु गरेको हो । इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । पूर्वाधारसहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्र्याइएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले बताए । फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिने…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् । शनिवार महाकाली-मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे । उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताए । अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए । उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास…

Read More