Author: खबरमञ्च
झापा । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले पुस २२ गते झापा निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुमाझ उक्त अभियानको प्रारम्भ गरिएको थियो । मंगलबार क्षेत्र नं. २ अन्तरगत बसोबास रहेका जिल्ला कमिटी सदस्यहरुको बैठकमाझ स्वमूल्याङ्कन सम्बन्धी अन्तरक्रिया गरिएको हो । ढुङ्गेलले पार्टी जिल्ला कमिटीले निर्धारण गरेको कार्ययोजनामा आधारित रहेर संगठन विभागले १७ वटा प्रश्न तयार गरी पार्टीका जिल्ला नेता र मातहत कमिटीमा रहेर काम गरिरहेका जिम्मेवार कार्यकर्ताहरुको मूल्याङ्कनको सुरुवात गरेको बैठकमा…
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय निर्देशन समितिले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो । केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्षसमेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’ पार्टीको केन्द्रीय निर्देशनविपरीत राप्रपाका…
काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निणर्य गरेको हो । त्यस्तै बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए । बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल, सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको परियारले बताए । उनले भने, ‘पार्टी सदस्यता शुल्कका सम्बन्धमा केही निणर्य गरेका छौँ । पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेवी शुल्कका सम्बन्धमा पनि केही निणर्य गरेका छौँ…
झापा । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।
झापा । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा पुनः ओमकृष्ण विमली निर्वाचित भएका छन् । मेचीनगरस्थित कालिका सिमसारमा सोमवार भएको चेम्बर अफ कमर्स झापाको छैठौं साधारणसभा तथा दोस्रो अधिवेशनले बिमलीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ विमली, उपाध्यक्षहरुमा मोहनकुमार मित्तल, प्रदीप खरेल, घनश्याम चौधरी, भीमा शिवाकोटी, सचिव विरोध सुवेदी, सहसचिवहरुमा टंकप्रसाद भट्टराई, उमादेवी भट्टराई प्रसाई र कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्तालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराई चुनिएका छन् ।
झापा । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका वडा नं ६ का दिलकुमार राईले छोरा १९ वर्षीय जीवन राईको हत्या गरेका हुन् । सोमबार बेलुका ७ बजे घरझगडाका क्रममा ३६ वर्षीय दिलकुमारले छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयबासीले उनलाई प्रहरीको जिम्मा लगाएका हुन् ।
झापा । नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर काठमाडौंबाट हिँडिसकेका छन् । सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार कोशीमा अन्यतर्फ काँग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो । माओवादीले महिलामा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए । सत्तारुढ गठबन्धनका उम्मेदवार उनलाई एमालेको सहयोगमा उम्मेदवार भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । लिङ्देनले नै…
झापा । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्यांकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटीमार्फत मूल्यांकनको सुरुवात गरेको हो । आइतबार झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुंगेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको जानकारी दिएका छन् । क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ । क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले स्वमूल्यांकनको अभियान पार्टी…
झापा । पूर्वको पर्यटकीय स्थल दोमुखामा स्थापित होटलहरूले ढलको पानी सोझै पवित्र कनकाई नदीमा मिसाउने गरेका छन् । दैनिक हजारौं भक्तालु स्नान गर्नका लागि आउने गरेको कनकाई नदीमा होटलको ढलको पानी मिसाउने गरिएकोमा भक्तालु दुषित पानीले नुहाउन बाध्य छन् । पितृश्राद्ध गर्न आउने कतिपयले त्यही पानीले पीण्ड सामाग्री पकाउने गरेका छन् । पूर्वको कनकाई नदी पवित्र नदीको रुपमा परिचित छ । दैनिक हजारौं भक्तालु कनकाई नदीमा स्नान गर्नका लागि आउने गरेका छन् । आइतबार अपराह्न दोमुखास्थित कनकाई नदी तटमा पुग्दा धेरै परिवार पितृश्राद्धका लागि आएका थिए । तर जहाँ उनीहरू श्राद्ध गरिरहेका थिए, त्यहीँ छेउमा बनेको एउटा होटल दोमुखा रिसोर्टबाट निकालिएको…
झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सवमा उत्साहजनक कारोवार भइरहेको आयोजकले जनाएका छन् । आइतबार विहान पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको आयोजकले जनाएको हो । महोत्सवको १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्यायले जानकारी दिए । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म सञ्चालन हुने ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ मा हालसम्म ६० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने…