Author: खबरमञ्च
झापा । सप्तक संगीत विद्यालयको आयोजनामा झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम हुने भएको छ । बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले चैत्र ५ गते वसन्तोत्सव कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपाली संगीतको प्रख्यात सुकर्म ब्याण्डको प्रस्तुति रहने विद्यालयका अध्यक्ष तथा संगीत प्रशिक्षक सरोज वत्सले जानकारी दिनुभयो । त्यस्का अतिरिक्त अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने उहाँले बताउनुभयो । सोही कार्यक्रममा प्रख्यात भजन गायक धर्मदास बुढाथोकीको विशेष भजन गायन पनि रहने वत्सले बताउनुभयो । सोही अवसरमा गायिका मेनुका पौडेल तथा सप्तक संगीत विद्यालयका विद्यार्थी एवम् कलाकारहरुद्वारा गाइएका गीतहरुको अडियो भिडियो रिलिज गरिने उहाँले बताउनुभयो । कार्यक्रममा…
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको…
काठमाडौँ । सरकारले रुसी सेनामा भर्ना भएका थप सात जनाको मृत्यु भएको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा अवैध तरिकाले भर्ना भएका नेपालीहरुले फिर्ता गर्ने प्रयास जारी रहेका बेला थप सात जनाले ज्यान गुमाएको जानकारी गराएको हो । ज्यान गुमाउनेमा धादिङका पूर्ण बहादुर गुरुङ्ग, जाजरकोटका नविन शाही, उदयपुरका पदम बहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जित बहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेको मन्त्रालयले बताएको छ । साथै परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट गरेको छ…
काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन अयोगले जनाएको छ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् । रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन । एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र…
इलाम । शिक्षासेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । बिहीबार बिहान ३ बजेतिर काठमाडौँमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए । भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौँको पशुपति आर्यघाटमा दाहसंस्कार…
झापा । झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार प्रतिवादी पक्राउ गरेको हो । अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिवादीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको हो । जसमा १३ बर्ष ६ महिना ११ दिन कैद र १४ लाख ६५ हजार ७२२ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरी उपरीक्षक मिलन केसीले बताए । झापाको प्रहरी प्रमुख भएर आएपछि प्रहरी उपरीक्षक केसीले लागूऔषध…
झापा । झापाको गौरादहमा एक बृद्धाको हत्या भएको छ । हत्या आफ्नै नातिलगायतको टोलीले गरेको प्रहरीले जानकारी दिएको छ । हजुरआमाको हत्या गर्ने नातिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या गरी शव गाडिएको अवस्थामा बुधबार फेला परेको थियो । बृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको भएको प्रहरीले जानकारी दिएको छ । लागूऔषध सेवन गरेका धिरजले हजुरआमा नरमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापश्चात् उनको…
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख रुपैयाँ भेटी सङ्कलन गरेको छ । क्षेत्र विकास समितिका अनुसार फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको हो । फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्याङ्कसमेत समितिले सार्वजनिक गरेको छ ।
काठमाडौं । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए। ‘निर्देशिकामा उल्लिखित सबै प्रक्रिया पूरा गरेर भाइबर सूचीकृत भएको हो,’उनले भने। भाइबरले नेपालका लागि तोकेको सम्पर्क व्यक्ति मन्त्रालयमा आएर सूचीकरणको प्रक्रियामा सामेल भएको उनले जानकारी दिए। भाइबर सूचीकरण भएसँगै नेपालमा अन्य सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियाले गति लिने उनले…
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताएकी हुन् । उनले आफू मन्त्रि बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको बताइन् । उनले रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरिसकेको बताइन् । उनले भनिन् – ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत…