Author: खबरमञ्च
काठमाडौँ । जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम…
झापा । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ । गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । स्थानीय हिमालय माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । उदयपुर घर भइ दमकमा डेरा गरि बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले…
झापा । झापाको गौरीगञ्ज आधारभूत अस्पतालमा तोडफोड भएको छ। तोडफोड भएपछि अस्पताल अनिश्चित समयका लागि बन्द गरिएको छ। असामान्य अवस्थाका कारण अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्पतालमा प्रयोग रहेको सर्भर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्न गइ अस्पतालका सम्पूर्ण सेवाहरु प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु हाललाई बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना जारी गरी जनाएका छन्। तोडफोडबाट अस्पतालमा लाखौंको क्षति भएको जनाइएको छ। झाडापखाला लागेका एक बालकको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले बिहीबार गौरीगञ्ज अस्पताल तोडफोड गरेका थिए। गौरीगञ्ज गाउँपालिका–…
झापा । झापाको बिर्तामोडमा लगातार हात्तीपाइलेका रोगी भेटिन थालेका छन् । मंगलवार तीनजना हात्तीपाइले रोगी भेटिएको भोलिपल्ट बुधबार थप एकजना हात्तीपाइलेका रोगी फेला परेका हुन् । बुधबार बिर्तामोड वडा नं ६ मा थप एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए । त्यसको अघिल्लो दिन मंगलवार बिर्तामोडमा हात्तीपाइलेका तीनजना नयाँ रोगी भेटिएका थिए । बिर्तामोड नगरपालिकामा वडा नं ५ मा मंगलवार दुई पुरुष र एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको थियो । यसअघि गत वर्ष बिर्तामोडको वडा नं १ मा एकजनामा हात्तीपाइलेको लक्षण देखिएको थियो । योसंगै बिर्तामोडमा हात्तीपाइले रोगीको संख्या पाँच पुगेको छ ।…
झापा । इलामको रोङ गाउँपालिकामा मारुती भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको प्रहरीले जनाएको छ। भ्यान चालक इलाम देउमाई नगरपालिका ६ बस्ने वर्ष अन्दाजी २४–२५ का दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अबस्थामा फेला परेका हुन्। शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत…
झापा । इलाम बजारमा आयोजित नेकपा एमालेको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। इलामको बिब्ल्याँटेमा दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले झापाको बिर्तासिटी अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप भ्यान इलाम नगरपालिका ५, बिब्ल्याँटे बजारछेउ सडकमा पल्टिएको हो। इलाम क्षेत्र २ को उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङको विजय सभामा सहभागी हुन गाउँ–गाउँबाट मतदाता इलाम बजार आएका थिए । इलाम नगरपालिका ५ बस्ने वर्ष ३५ की लीलादेवी चापागाईंको देब्रे हातमा चोट रहेकाले थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा रेफर गरिएको प्रहरीले जनाएको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’ लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा…
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत भएको मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ। विजयी नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम बाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो। जित्ने दाबी गर्दै चुनावमा होमिएका रास्वपाका मिलन लिम्बूले पनि ५ हजार ५० भोटमात्र ल्याए। उनी चौंथो स्थानमा छन्। जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ। कुल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको हो। जसको १० प्रतिशत ६ हजारभन्दा बढी…
इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् । पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । ६९ हजार ३७४ मत गणना भइ सुहाङ विजयी भएका ह्रुन्। सुहाङलाई विजयी भएको प्रमाणपत्र अहिले बिहान ११ बजे मतगणनास्थलमा दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ । दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार इजाजत दिन नमिल्ने प्रकृतिको रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ। सर्वोच्च अदालत परिसरबाट गत चैत ५मा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ खालको रहेको छानबिन समितिले निष्कर्ष निकालेको हो। सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गर्दै उक्त प्रतिवेदन सोमबार गृहमन्त्री रवि लामिछानलेलाई बुझाएको छ। समितिले गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदनमा भनिएको छ,‘सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको पाइएको छ।’ छानबिन समितिमा…