Author: खबरमञ्च
झापा । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा प्रेमबहादुर गिरी सर्वसम्मत चयत भएका छन् । उपाध्यक्ष पदमा शिव ढुंङ्गेल सर्वसम्मत चयन भएका छन् । शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो । सचिव पदमा पनि सर्वसम्मत गराउने पहल भइरहेको पार्टीका केन्द्रीय सदस्य दिपक कार्कीले जानकारी दिए । पुरुष उपसचिव पदमा असारु राजवंशी सर्वसम्मत चयन भएका छन् । एक महिला उपसचिवतर्फ अनिता कन्दङ्वाले उम्मेदवारी…
झापा । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अबस्थामा मुर्मुले फेला पारेकी थिइन् । पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए । घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्याएका थिए । उपचारका क्रममा हिजो दिउँसो १ बजे मुर्मूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले…
चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ । गएराति झापाको कमल गाउँपालिका ५ बाह्रकोठेमा एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको हो । विगत तीन दिनमा हात्तीको आक्रमणबाट झापामा दुई जनाको ज्यान गएको छ । हात्तीले आक्रमण गर्दा कमल गाउँपालिका ५ बाह्रकोठेकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छिमेकी पवित्रा बेघाको त्रिपालको छाना, टाटीको बेरा भएको भुइँतले झुप्रो घरमा सुतिरहेको अवस्थामा राति ११.५० बजेको समयमा एक्कासी जंगली हात्ती आएर घर भत्काउँदै गर्दा निस्केर भाग्ने क्रममा खड्गमायालाई हात्तीले आक्रमण गरेको थियो । बुधवार जंगली हात्तीले शिवसताक्षी ११ का भेट्वाल दम्पत्तीलाई…
काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् । आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी-२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले सो धारणा राखेका हुन् । नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दैछ । सोही प्रतियोगिता अगाडिको बिदाई कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे । यो प्रतियोगिताका लागि क्यानले पनि…
झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । आज र भोलिका लागि तय गरिएको अधिवेशन बिर्तामोडस्थित अग्रसेन भवनमा हुँदैछ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । त्यसका लागि ओली बुधबार नै झापा आइसकेका छन् । ओलीले ११ बजे अधिवेशनको उद्घाटन गर्ने समय तालिका मिलाइएको छ । अधिवेशनका लागि आवश्यक व्यवस्थापन मिलाइसकेको बताइएको छ । अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र…
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आजदेखि चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्रा छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन…
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । उनले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए । उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा काँग्रेस सांसद विनोद चौधरीलाई छानविन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले संविधानको कुन व्यवस्था अनुरुप सांसदको…
झापा । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि…
झापा । झापाको बिर्तामोडस्थित पश्चिम बस स्ट्याण्डमा छुरा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । मंगलबार साँझ भएको छुरा प्रहारबाट बिर्तामोड-१ बस्ने सुनिराम मुर्मु गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । छुरा प्रहारबाट उनको बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्धनको भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले छ । उनको बिर्तामोडमा रहेको स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । छुरा प्रहार घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड १ बस्ने २३ बर्षका राम टुडु, २९ बर्षका सुसान मुर्मु, बिर्तामोड ६ बस्ने १९ बर्षकी एलिना श्रेष्ठ,…