Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ । संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताएका छन्। सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले काँग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे । उनले भने, ‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खासगरी नेपाली काँग्रेसका सबै मान्य सदस्यहरुलाई भन्न चाहन्छु, तपाईहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको…
झापा । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानी मिडिया एजेन्सीहरूका अनुसार हेलिकोप्टरमा दुई पुरुष र अन्य सात जना सवार थिए। मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन। ’फोर्स ल्यान्डिङ’का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। आज दुर्घटनाग्रस्त अवस्थामा राष्ट्रपति सवार हेलिकोप्टर फेला परेको हो। इरानी अधिकारीका अनुसार हेलिकोप्टर पूर्ण रूपमा जलेको छ। घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया शुरु गरेका छन् । प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको छ । प्रधानमन्त्री दाहालले सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सोमवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठक पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरुले संसद अवरुद्ध नगर्ने आफूहरुको विश्वास रहेको बताए । परियारले भने, ‘सरकारले विश्वासको मत प्राप्त गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुहुने भएकाले हामीले विश्वासको मत दिन ह्वीप जारी गरेका छौँ । रास्वपाले आफ्ना सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरुलाई ह्वीप लगाउने निर्णय भएको छ । विश्वासको मत लिने…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिए । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरीबन्धु टि स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरीबन्धु टि स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानविन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर पनि गरे । सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूले सो समितिमा नरहने बताएको महामन्त्री थापाको जिकिर थियो । उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता…
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन्। उपप्रधानमन्त्री लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उनले सो स्पष्टिकरण दिएका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धि कुनै मुद्दा, माफिमा नभएको जानकारी गराएको दाबी गरे । उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धि विषय यति धेरै चर्केर जाने अवस्था नआउने दाबीसमेत गरे । उपप्रधानमन्त्री लामिछानेले आफू संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि…
झापा । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । अनारमनी प्रहरी घटनास्थलमा पुगेर शवलाई पोको पारेर पोस्टमार्टम गर्न लैजाने तयारीमा छ । शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।