Author: खबरमञ्च

झापा । झापा बिर्तामोड–४ कालिकानगर निवासी ६७ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परेकाहरुलाई आज दिउँसो १ बजे प्रहरीले सार्वजनिक गर्दैछ। जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा बुधवार प्रहरीले चारजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो। हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए। कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दावी छ।…

Read More

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन्। सहकारीलाई माध्याम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ओलीको तर्क थियो । उनले सहकारी संस्थाहरु बदनाम र संकटग्रस्त नभएको जिकिर समेत गरे । पार्टी निकट जन वर्गीय संगठन संयन्त्रद्वारा काठमाडौंमा शुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले सहकारीहरु नियममा बसेर अघि बढने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए । उनले सहकारीको माध्यमबाट भए पनि महिलाहरु उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरुले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाइ थियो । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल आफैंले सत्ता समिकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले शुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताए । उनले भने, ‘दलहरुको बीचमा…

Read More

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको छ । कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष २०७९-८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले उल्लेख गरे। लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब…

Read More

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन्। मंगलबार संसदमा पेश गरेको बजेटबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आउँदो आर्थिक वर्षको बजेट ल्याएको बताए। पालिकामा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापनालगायतका लक्ष्य बजेटमार्फत लिइएको उनको भनाइ छ । अर्थमन्त्री पुनले कसैको अनुहार हेरेर करका दर हेरफेर नगरेको दाबी पनि गरे । कच्चा पदार्थअनुसार नै भन्सार दर र अन्तःशुल्क कायम गरिएको भन्दै उनले करका दर औचित्यसहित परिवर्तन गरिएको बताए । अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटले…

Read More

झापा । गएराति आएको हावाहुरीले झापामा व्यापक क्षति गरेको छ। हावाहुरीले केही घरहरु उडाएको छ भने विजुलीका पोल र रुखहरु ढलेका छन्। बिजुलीको पोल ढल्दा धेरै स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। त्यस्तै मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ। पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले ज्यादा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राति चट्याङसहित हावाहुरी चले पनि जिल्लामा के कति क्षति भयो भन्ने जानकारी प्राप्त आइनसकेको झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

Read More

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । मंगलवार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेटमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व संकलन गरिने बताएका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको बताए । उनले खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२…

Read More

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको बजेटमा कर सम्बन्धी बजेटमार्फत २९ वटा व्यवस्था गरेका छन्। सरकारले प्रस्तुत गरेको कुल १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेटमा कर सम्बन्धि चालु आर्थिक वर्षमा व्यवस्थामा परिर्वतन गरेका छन् । अर्थ मन्त्री पुनले चालु आर्थिक अर्थमन्त्री डा.प्रकाशशरण महतले लागू गरेको आलु, प्याज र स्याउमा लाग्दै आएको भ्याट खारेज गरेका छन् । उनले कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएका छन्। औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको…

Read More

काठमाडौँ । सरकारले पहिलो पटक प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको समेत व्यवस्था गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले छोरीलाई शिक्षा र सीप प्रदान गर्न र उद्यमशीलता विकास गर्न सो कार्यक्रमको घोषणा गर्दै आगामी आर्थिक वर्षका लागि बजेटको समेत व्यवस्था गरेको हो । मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमो सो कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको बताए । त्यसैगरी सरकारले युवा महिलाहरुको आवश्यकता, चुनौति र अवसरबारे व्यापक छलफल गर्न आगामी आर्थिक वर्ष भित्र युवा महिला राष्ट्रिय सम्मेलन पनि गर्ने योजना तय गरेको छ । मन्त्री पुनले…

Read More

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो । उनले सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताए । त्यसैगरी सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ । अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।…

Read More