Author: खबरमञ्च
झापा- यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए । “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उनले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” व र्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र…
काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला रु तीन हजार २४० मा किनबेच भएको थियो ।
झापा– नेपाल–भारत सीमाबाट १.१९२ केजी ब्राउनसुगरसहित दुईजना कारोबारीलाई पक्राउ गरिएको छ। भारतको गलगलियामा अखडा बनाएर नेपालमा लागूऔषध आपूर्ति गर्दै आएका दुई भारतीय कारोबारीलाई भारतकै सुरक्षाकर्मीले बुधबार बिहान पक्राउ गरेका हुन्। पक्राउ पर्नेहरूमा बिहार जिल्ला किशनगञ्ज गलगलिया थाना, लकडी डिपो गाउँका १९ वर्षीय मोहम्मद सौरभ र सोही ठाउँका ५० वर्षीय मोहम्मद मुस्ताक रहेका छन्। उनीहरूको साथबाट प्याकिङसहित १.१९२ केजी ब्राउन सुगर, नेपाली मुद्रा रु. ४ लाख ५१ हजार १७५, भारतीय मुद्रा रु. ८३ हजार १९९, विभिन्न ब्राण्डका ७ थान स्मार्टफोन, २ थान किप्याड फोन, २ वटा चाँदीका सिक्का, २ थान डिजिटल तराजु र १६८ थान नाइट्राजेपाम ट्याब्लेट बरामद भएको छ। ४१…
काठमाडौँ- जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउन आदेश दिएको हो । यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रू आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा…
झापा- झापाको दमकमा पाथिभरा गेष्ट हाउसमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी ३६ वर्षीया सम्झना परियार दमक वडा न. ६ मा रूपादेवी कडरियाले सञ्चालन गरेको पाथिभरा गेष्ट हाउसमा कार्यरत थिइन्। मङ्गलबार दिउँसो १२:३० बजे उनी गेष्ट हाउसको दोस्रो तलामा रहेको आफ्नो कोठामा मृत भेटिएकी हुन्। परियार अघिल्लो रात खाना खाएर सधैं सुत्ने कोठामा सुतेकी थिइन्। दिउँसोसम्म पनि नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवा बोलाउन जाँदा उनी घोप्टो परेको अवस्थामा भेटिइन् र बोलिनन्। घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले परियारको मृत्यु भइसकेको पुष्टि गरेको थियो। प्रहरीका अनुसार…
फिक्कल (इलाम)- मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए। “जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ”, उनले भने, “बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं ।” उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो । मेची राजमार्गअन्तर्गत इलाम…
काठमाडौँ- उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो । यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो…
झापा- झापामा एकैदिन आठ लाख रुपैयाँ बढीको पटाका बरामद भएको छ । मंगलबार बिहान ४ः३० बजे भद्रपुर नगरपालिका वडा नं. ३ मेचीपारी सीमा इलाकामा ७ लाख ६६ हजार ८७६ रुपैयाँ बराबरको पटाका बरामद भएको हो । केही अपरिचित व्यक्तिहरुले टाउकोमा बोकेर पैदल ल्याउँदै गरेको बिभिन्न १९ किसिमका ७ बोरा आतिसबाजी (पटाका) सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट खटिएको मोबाईल गस्ती टोलीले बरामद गरेको थियो । प्रहरीलाई देखेर पटाका ल्याउने व्यक्तिहरु सामान छाडेर भागेका थिए । मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र संचारकर्मीहरुको रोहवरमा गण परिसरभित्र ती पटाका नष्ट गरिएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक…
भद्रपुर (झापा)- यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारीवर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो । बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उनले जानकारी दिए । यसैगरी केन्द्रले सङ्कलन…
महेन्द्रनगर- विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए। “आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ”, जोशीले भने, “अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उनी छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उनी छैनन् भन्न मिल्दैन ।” जोशीका अनुसार इजरायली…