Author: खबरमञ्च
काठमाडौँ । आजदेखि लागू हुनेगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ। यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मंगलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि बुधवार हेर्दाहेर्दैमा राखिएको हो । रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको बताइएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन । परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी रु. ५००।- राजश्व खाता नं १४२२३ मा…
झापा । रोल्पामा यात्रुसहितको जिप हिजो दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् । रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृताकी १८ महिनाकी छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेका छन् । एमालेसँग सत्तासहकार्य गरेर अघि बढ्ने नयाँ राजनीतिक परिस्थितिपछि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक अहिले बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बोलाइएको छ । बैठकमा एमालेसँग भएको सहमति अनुमोदनको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् । एमाले र कांग्रेसबीच गएराति दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्नेलगायत विषयमा सहमति जुटेको छ ।
काठमाडौं । सत्ता गुम्ने निश्चित भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बोलाइएको छ । पदाधिकारी बैठकमा राय आएपछि प्रचण्डले आजै राजीनामा दिने सम्भावना रहेको एक पदाधिकारीले बताए । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।
काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएपनि मंगलबार एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि एमाले मन्त्रीहरू राजीनामा दिन तयारी भएका हुन् । मन्त्रीहरुको राजीनामासंगै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा आजै नयाँ सरकार गठन हुने सम्भावना रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
काठमाडौँ । संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका हुन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले मंगलबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार गरिएको छ । पार्टीले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत आह्वान गरेकोमा २४० भन्दा बढी सुझावहरू प्राप्त भएको थियो । यसमध्येबाट अन्तिम सूची तयार गरिएको पार्टीले जानकारी दिएको हो । यसबाट नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको पार्टीले बताएको छ। अन्तिम सूचीमा रहेका व्यक्तिहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम पेश गर्न पार्टी सभापतिले लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय…