Author: खबरमञ्च

काठमाडौँ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र कणर्ाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र कणर्ाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ । देशका उच्च…

Read More

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुासर प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्ने कार्यक्रम रहेको छ। बैठकममा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए । उनले महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने पनि बताए । उनले अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको बताए । उनले पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने बताए । सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउने बताए ।

Read More

काठमाडौँ । फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच टोलीको बिदाई गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आईतबार टोलीलाई बिदाइ गरे । नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ । २३ सदस्यीय नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ,…

Read More

झापा । विर्तामोड झापामा रहेको विएण्डसी हस्पिटलमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा संचालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडायलासिस कार्यक्रम संचालनमा आएको छ ।  यस कार्यक्रम अर्न्तगत नेपाल सरकारले तोके वमोजिम मिर्गौलाका विरामीहरुलाई निःशुल्क रुपमा हेमोडायलासिस सेवा प्रदान गरिनेछ । यस कार्यक्रममा कुनै पनि मिर्गौलाका विरामीहरुले निःशुल्क रुपमा हेमोडायलासिस सेवा लिन पाउने छन् । यो निःशुल्क सेवा लिनको लागि विरामी अस्पतालको ओ.पी.डी. या इमरजेन्सीमा आएपश्चात चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मिर्गौलामा समस्या देखिएको र मिर्गौलाको हेमोडायलासिस गर्नुपर्ने देखिएमा विरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्वोधन गरि विपन्न नागरिक औषधी कोष अर्न्तगत निशुल्क हेमोडायलासिस सेवाको लागि सिफरिस गरिदिन अस्पतालले सिफारिस…

Read More

काठमाडौँ । स्थानीय तहहरुले वित्तीय सामानीकरणको बजेट कटौती भएको भन्दै कटौती भएको बजेट तुरुन्त पठाउन संघीय सरकारसँग माग गरेका छन् । स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान सरकारले काटे पनि स्थानीय तहहरुलाई निकै नै समस्या परेको भन्दै तुरुन्तै काटिएको बजेट पठाउन माग गरेका हुन् । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीहरु संयुक्त रुपमा माग लिएर आएका छन् । उनीहरुले बजेट काटिएपछि स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्ताहरुलाई दिनुपर्ने रकम दिन नसकेको भन्दै स्थानीय तहको सो समस्यालाई बुझ्न सरकारलाई आग्रह गरेका छन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल नगरपालिका संघका…

Read More

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदकोसंयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरेका थिए ।

Read More

झापा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने, ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ भन्ने लागेको छ ।’ २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा…

Read More

झापा । संखुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ। जिल्ला ब्याडमिन्टन संघले खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले जनही ६० हजार नगद पाउने छन्। उपविजेताले ३५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष राजु श्रेष्ठले बताए। भेट्रान्सतर्फका विजयीले भने जनही ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

Read More

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिएका छन्। मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भडकाउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरुले आक्रामक रुपमा प्रतिवाद गरेर अघि बढनुपर्ने ओलीको भनाइ थियो । पार्टी निकट राष्ट्रिय युवा संघ, नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रतिगामीहरुले गरेका गलत प्रचारको खण्डन हुनेगरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आवद्ध युवा–विद्यार्थीहरुलाई सचेत गराए । अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दैै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताए ।…

Read More