Author: खबरमञ्च

झापा । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्ने भएको छ। आज बिहान परीक्षा बोर्डको बैठकले निर्णयपश्चात एसईईको नतिजा प्रकाशित गरिएको हो। दुई विषयमा नन ग्रेड ल्याउने विद्यार्थीले पुरक परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। नन ग्रेड ल्याउने १ लाख १५ हजार ८३४ जना विद्यार्थीहरु पुरक परीक्षामा सहभागी हुन पाउनेछन्। जसमध्ये ४७ हजार ७९६ एक विषयमा र ४८ हजार ३८ दुई विषयमा ४८ हजार अनुत्तीर्ण रहेको उल्लेख छ। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ। आन्तरिक २५…

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको हो । अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेको हो । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएको छ । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

Read More

काठमाडौँ । सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ । बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो । समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकिकरण र व्यवसायिककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने तयारी भएको बताए । उनले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस…

Read More

झापा । झापामा एक हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका ३ धरधरे टोल सुकेनिन्दा खोला किनारमा अन्दाजी ९/१० बर्षको भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहीबार बिहान स्थानीयबासीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिभिजन बन कार्यालय झापा र मेची सबडिभिजन कार्यालय धाइजनबाट फिल्ड अफिसरलगायतको टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए। मृत हात्तीको पोस्टमार्टमका लागि कोशीटप्पु बन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आउँदै गरेको उनले जानकारी दिए।

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् । त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा…

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी,…

Read More

झापा । झापाको गौरीगञ्ज वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् । बेपता हुनेमा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए । हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

Read More

झापा । कोशी प्रदेशमा मनसुन भित्रिएयता बाढी, पहिरो, डुबान र चट्याङमा परेर २४ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार १७ जनाभन्दा बढी घाइते र २ जना बेपत्ता भएका छन् । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको जनाइएको छ। प्रदेशका प्रहरीका प्रवक्ता एवं एसपी सुमनकुमार तिमल्सिनाका अनुसार मोरङमा ६, ताप्लेजुङमा ५, झापा र संखुवासभामा ४/४, इलाम र सुनसरीमा २/२, तथा ओखलढुंगामा १ जनाको मृत्यु भएको हो। बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको उनले बताए। एसपी तिमल्सिनाका अनुसार अनुसार ताप्लेजुङमा…

Read More

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धन संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको हो । अनुसूची २ अनुसारका छानबिन गर्नुपर्ने सहकारीहरूमा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन्…

Read More