Author: खबरमञ्च

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन्। सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले नेपालमा उत्पादित अलैंची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको उल्लेख गरे । सभामुख घिमिरेले अलैंचीबाट विभिन्न अन्य वस्तुहरु समेत बनाउन सक्ने…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए । उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्यानभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे । उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए । उनले अहिले पनि धेरै चुनौतीहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए । उनले लोकतन्त्र भनेको विचारको बजार भएको…

Read More

झापा । सडक बनेको करिब चार दशकपछि झापाको बिर्तामोड-शनिश्चरे सडकको स्तरोन्नतिसँगै कालोपत्रे सुरु भएको छ। सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका छन्। आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो। ठेकेदार संस्थाले मंगलवारसम्ममा डेढ किलोमिटरको त्यस खण्ड पूरा गर्ने आश्वासन दिएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए। नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भए पनि स्थानीयको गुनासो सम्बोधन भएकोमा उनले आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए। सडक निर्माण गर्नका लागि प्रविण मैनाचुली शान्ति जेभीले ठेक्का पाएको थियो। समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले जनाएको छ। तर, सभामुख देवराज…

Read More

झापा । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का केही विद्यार्थीलाई डिस्सिप्लिन इन्चार्जले मरणासन्न हुने गरी कुटेका छन्। विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले विवेश भण्डारीलाई डिस्सिप्लिन इन्चार्ज (डिआइ) राखेको हो। कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया-छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्। कक्षामा हल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्। कुटाइ खाने विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त…

Read More

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने बताए । उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए । उनले भने, ‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ । मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरेँ । जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन । अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन । अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गरेका छन्। आइतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गरे । उनले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनि प्रश्न गरे । उनले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गरे । उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरुले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न उनले आग्रह गरेका हुन्ग। आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाइ थियो । आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए। उनले भने,‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व । तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ । मानौ यो–तजविजी…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताए । संघीय संसद सचिवालयका कर्मचारीहरु केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् । ओलीले भने, ‘यो वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ ।’ उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । आइतवार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना बिरुद्ध मुद्दा दर्ता गरिएको हो । सार्वजनिक संस्थाको सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको मुद्दामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विशेष अदादलतका प्रवक्ता धनबहादुर कार्कीले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लािजम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन…

Read More

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ। आइतबार गाउँपालिकाको सभाहलमा आयोजित १४ औं गाउँसभा अन्तर्गत बजेट अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेका हुन्। गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष खतिवडाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट गरेका हुन्। आर्थिक वर्ष २०८१/०८२ मा यस बुद्धशान्ति गाउँपालिकालाई वित्तीय हस्तान्तरण वापत नेपाल सरकारबाट वित्तीय समानिकरण तर्फ प्राप्त हुने जम्मा १३ करोड ९३ लाख, राजस्व वाडफाँड १० करोड ३० लाख. सशर्त अनुदान तर्फ २४ करोड ९६ लाख ५ हजार,…

Read More