Author: खबरमञ्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

Read More

झापा । वरिष्ठ लोक गायक एलपी जोशीको निधन भएको छ । बिहीबार साँझ उनको ८८ बर्षको उमेरमा निधन भएको हो। उनको स्वास्थ्यमा अचानक गडबडी आएपछि उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो। उनको अस्पतालमै निधन भएको हो। दमक नगरपालिका १ निवासी जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीतहरु चर्चित छन् ।

Read More

हेटौंडा । सभामुख देवराज घिमिरेले बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था नरहेको बताएका छन् । हेटौंडामा युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । सभामुख घिमिरेले संघीयताले आर्थिक भार बढाको भन्दै नकारात्मक टिकाटिप्णी भएकोले संविधान संशोधनको बहस चलेको बताए। सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने आफूलाई लागेको बताए । युवा जनशक्तिलाई देशले सही तरिकाले प्रयोग गर्न सके देशको समग्र विकासमा सकारात्मक प्रभाव पर्न सक्ने सभामुख घिमिरेले बताए। युवाको ऊर्जालाई राज्यले सहि ठाउँमा उपयोग गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो।

Read More

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । सदस्यहरूमा डा.आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उनले जानकारी दिए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करारबमोजिम बिहीबार बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए । “स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी संस्थागत क्षमता विकास गरिनेछ,” प्रधानमन्त्रीले भने । कार्यसम्पादन प्रतिवेदन पेस गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत भट्टले प्रधानमन्त्रीबाट प्राप्त मार्गदर्शनअनुरुप परियोजना विकास, लगानी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय संशोधन सुझाव कार्यदल गठन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले परिमार्जन, संशोधन र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ छन् । कार्यदलको बैठक आज नै बसेर उपसंयोजक र सचिव छनोट गर्ने उनले जानकारी दिए । उनका अनुसार कार्यदललाई सुझाव प्रतिवेदन…

Read More

काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बित भएपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव…

Read More

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । जहाज दुर्घटनामा परेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन बिहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो । उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको…

Read More

काठमाडौँ । सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम सुरु गरिएको जानकारी दिए । पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइसकेको डा. चौधरीले बताए । सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उनले बताए । उनका अनुसार फिंगर प्रिन्ट, दाँतबाट मात्र पत्ता लगाउन सकियो भने रिपोर्ट आउन तीन दिन लाग्छ।यदि डिएनए म्याच गर्न परेमा रिपोर्ट आउन एक हप्ता लाग्न सक्नेछ। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन…

Read More

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

Read More