Author: खबरमञ्च

काठमाडौं । शुक्रबार प्रकाशित भएको कक्षा १२ परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुनर्योगका लागि विद्यार्थीले निवेदन दिन सक्ने जानकारी दिएको हो । त्यसका लागि विद्यार्थीलाई आगामी भदौ १ गतेसम्ममा आवेदन दिन बोर्डले आग्रह गरेको छ । आवेदन अनलाईनमार्फतै गर्न सकिने बोर्डले जनाएको छ ।

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकाङ्क्षीलाई सम्बोधन हुनेगरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो। पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यको घोषणा गरेको थियो। शुक्रबार बसेको बैठकले केन्द्रीय सदस्यको सङ्ख्या बढाएर ३४४ जना पुर्‍याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले भने,‘‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाइ सकेका छौँ। अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ। अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यको शपथग्रहण समारोह…

Read More

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी छन् । कमला ह्यारिस अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रुपमा पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । यदि नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् । राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेका थिए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेेेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेेका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री…

Read More

काठमाडौं । शनिबार देशभर आंशिकदेखि साधारणतया बदली छ । अहिले बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी…

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीलाई पूर्णता दिन र कार्यसम्पादनको समीक्षा गर्न बैठक आह्वान गरिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले गरेको कार्यसम्पादनको समीक्षाबारे आजको बैठकमा छलफल हुने बताइएको छ । केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयका अनुसार विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने छ । बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य छन् ।…

Read More

काठमाडौँ । सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।  बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सेप्टेम्बरमा थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार प्रधानमन्त्री ओलीले पहिला थाइल्यान्ड र त्यसपछि अमेरिकाको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बर ४ मा बैंककमा आयोजना गर्दै छ । उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड जान लागेका हुन् । बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलन हुनका निम्ति सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । सेप्टेम्बरमा…

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन् । उनले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए। उनले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए। सरुवा गरेर डिआईजीको ठाउँमा डिआईजी…

Read More

काठमाडौँ । ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन्। बिहीवार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीय स्थल लगायतका सार्वजनिक स्थलहरुमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सिसिटिभि व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए। काठमाडौं उपत्यका भित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरुमा जडान भएका सडक बत्तीहरुको बिलसमेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै…

Read More