Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन्। बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका हुन् । उनले कामको खोजीमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए। उनले देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराए । उनले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेन्डा तय गरेको छ । आजको बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारी रहेको बुझिएको छ । २५ असारमा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, कार्यवाहक प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेको थियो । कारबाहीविरुद्ध ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगले यसमा निर्णय गरिसकेको छैन ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग सुरक्षा माग गरेकी छिन्। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमला गर्न खाेजेकाे र प्राध्यापकहरूलाई फाेनमा धम्की दिने गरेकाे भन्दै मन्त्री भट्टराईले त्रिवि असुरक्षित बनेकाे समाजिक सञ्जालमार्फत जनाएकी हुन्। मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्री सँग जोडदार माग गर्दछु।’
झापा । घरमा अवैध रुपमा हतियार लुकाएर राख्ने एक व्यक्ति झापाको अर्जुनधारामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.४ दहिझोडा बस्ने बर्ष अन्दाजी ६२ का इन्द्रबहादुर आङ्देम्बे रहेका छन्। घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति ८ बजे उनको घरको खानतलासी लिएको थियो। त्यसक्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानोभित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो। पेस्तोलसहित उनलाई नियन्त्रणमा लिइ इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी…
झापा । झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार साँझ ६.३५ बजे भएको यो घटनामा श्रीमती ३० वर्षीय रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताए। स्थानीय वडा नं ८ शिवालय टोलको यो घटना श्रीमान श्रीमतीबीच आन्तरिक कलहका कारण भएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए । ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिनँ भन्नुभएको छैन ।’ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति भएको उनको आरोप छ । उनले भुटानी शरणार्थी…
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम, पूर्वानुमान महाशाखले जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको…
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ । वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा…
बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुङ्गलका सई विरसिंह ठगुन्नाले जानकारी दिए । पहिरोमा पुरिएर वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सोमबार बिहान सबै प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र…