Author: खबरमञ्च

झापा । बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका संस्थापक तथा नाताले दुर्गा प्रसाईका दाजु पर्ने महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । अर्जुनधारा ६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर आज बिहान आत्महत्या गरेका हुन् । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ । उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी अस्पताल सञ्चालक रहेका थिए । केही बर्षदेखि मृतक प्रसाईं अस्पताल सञ्चालकबाट बाहिरिएका थिए।

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन्। शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बताए। उनले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए। उनले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताए। उनले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार…

Read More

झापा । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। घटनास्थलबाट १४ जनाको शव निकालिएको तनहुँ प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भएको थियो। तनहुँ प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर आँबुखैरेनीनजिकै ऐना पहराबाट बस नदी किनारमा खसेको हो। बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन। गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा दर्जनौं मानिसको मृत्यु भएको थियो।

Read More

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको सभापति थापाले बताए । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो । ७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ईश्वरी देवी…

Read More

काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ । टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत…

Read More

काठमाडौँ । साउन २८ गतेबाट स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने र विश्वप्रकाश शर्माले प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारे पार्टीमा प्रस्ताव गरेपछि बैठकले नयाँ मोड लिएको छ । उनीहरूको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गरेपछि बैठक रोकिएको थियो । रोकिएको बैठक आज पुनः बस्न लागेको हो ।

Read More

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । सर्वोच्चले यसअघिका बृहत पूर्ण इजलासका निर्देशनात्मक आदेशहरू किन कार्यान्वयन नभएको हो ? र, यस सम्बन्धमा संविधानको धारा १२८ (४) बमोजिम कारबाही किन चलाउनु नपर्ने हो ? भन्ने सम्बन्धमा विपक्षीहरूसँग १५ दिनभित्र छुट्टाछुट्टै जवाफ खोजेको छ । सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै आगामी असोज १० गते पूर्ण इजलासमा पेस गर्न पनि आदेश दिएको छ । सर्वोच्चले…

Read More

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Read More

झापा । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डडेल्नोमा तीनवटा सुम्ला छन्। उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन्। उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन्। शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले हिर्काएको अरु विद्यार्थीहरूले बताएका छन्। जसबाट अन्जलीको डडेल्नोमा तीनवटा सुम्ला बसेका छन्। घाइते अन्जलीलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि…

Read More

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।  साथै सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ ।  धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको…

Read More