Author: खबरमञ्च

काठमाडौं । काठमाडौंबाट सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । यात्रुहरुले होहल्ला गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट श्री एयरलाइन्सको विमान फर्किएको हो । धावनमार्गबाट उड्नैलाग्दा विमान फर्काएर पार्किङमा ल्याइएको थियो । विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो । श्री एयरलाइन्सका अनुसार विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीलाई निजी अस्पताल र क्लिनिकमा बोलाउने प्रवृति अन्त्य गर्नुपर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ।’ प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र सहजरूपमा उपचार सेवा दिने प्रबन्ध गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे। बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई…

Read More

काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । कर्णालीमा नागपञ्चमी र कोशीमा आदिवासी दिवसको अवसरमा आज सार्वजनिक विदा दिइएको छ । कर्णालीमा नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए । त्यस्तै कोशी प्रदेशमा आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । आज यी दुबै प्रदेशमा सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिइएको छ ।

Read More

झापा । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर केहीबेरअघि भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ। भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।

Read More

झापा । सम्पर्कविहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाका परिवार तथा आफन्तजनले उनको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्। सिटौलाकी आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन्। बिहीबार साँझ बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छोरालाई घरबाटै लैजाने तीन जना व्यक्तिहरूलाई छोरा ल्याइदिन आग्रह गरेकी हुन्। आफ्नो छोराको गल्ती भए कारबाही गर्न पनि उनले बताइन्। सिटौला परिवारले छोरा हराएको ९ दिन भइसकेको जनाएको छ। पत्रकार सम्मेलनमा श्रीमती एलिसा बुढाथोकीले आफ्नो श्रीमानलाई टिकाराम नेपाल ‘नेती’, स्वागत नेपाल र तुलसी उप्रेतीले घरबाटै लगेको बताइन्। उनले भनिन्,’प्रमोदलाई जस्ले उठाएर घरबाट लिएर हिँडेका हुन् उनीहरूले ल्याइदिनुपर्छ।’ प्रभु बैंक बिर्तामोडमा मञ्जुकुमारी नेपालको नाममा रहेको…

Read More

काठमाडौँ । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

Read More

काठमाडौं । सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफलपश्चात उक्त निर्णय गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ । यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु…

Read More

काठमाडौँ । आज भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।  बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ । दुर्घटना  छानबिन समितिको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको छन् ।

Read More

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर सवार ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

Read More

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर इाइनाष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शिवपुरी ७ सूर्यचौरमा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको स्थानीयबासीले देखेपछि प्रशासनलाई खबर गरेका थिए।

Read More