Author: खबरमञ्च

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि चीन भ्रमणमा रहेको रास्वपाका नेताहरु स्वदेश फिर्ता भएका हुन् । सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ ।

Read More

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे। सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए । ‘दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेको उनका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिए । भुटान भ्रमण कति दिनको हुने र भुटानमा रहँदा उनले केके गर्ने भन्नेबारे भने खुलाइएको छैन। यद्यपि भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Read More

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा…

Read More

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी…

Read More

इनरुवा(सुनसरी) । सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी व्यारेजको ३४–३६ नम्वर ढोकाको बीचमा सप्तकोसी नदीमा बस खसेको छ। बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्वर बस कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । बसमा सबार सबैको सकुशल उद्धार भएको उनले बताए। केही घाइतेलाई थप उपचारका लागि अस्पताल पठाइएको उनले बताए।

Read More

काठमाडौँ । नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका प्रहरीले जनाएको छ । जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेकामध्ये…

Read More

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। भारतीय नागरिकसँग घुस लिँदा लिँदै रङ्गेहात नियन्त्रणमा परेका ओली निलम्बनमा परेका हुन्। उनलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो। आयोगको इटहरीले कार्यालयले ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो। वडाध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार रुपैयाँ घुस लिँदा लिँदै रङ्गेहात विप्लवका कार्यकर्ताको नियन्त्रणमा परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भइ आएको र थुनामा रहेका ओलीलाई थप…

Read More

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गर्दैछ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार आज (असोज १०) देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ । निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ ।

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस,…

Read More