Author: खबरमञ्च

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

Read More

भद्रपुर (झापा) । जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ । गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको आज बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताएका छन् । अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, “सरकारी एवं जनस्तरबाट विपद्मा परेकाको उद्धार जारी छ । सरकार उहाँहरूको साथमा छ । म उहाँहरूलाई विश्वास दिलाउँछु कि यस विपद्मा सहयोग गर्न, राहत पर्‍याउन र उद्धार गर्न सरकारबाट कुनै कमी हुने छैन ।” उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गरे । उनले…

Read More

काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन् । उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन ।

Read More

काठमाडौँ । विपद्मा बढी क्षति बेहोरेका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । धादिङका राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँलाई प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको हो । गृहले धादिङमा सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरूले रेकर्ड गरेको तथ्याङ्कअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।  विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । छ,…

Read More

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएका छन् । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्कँदै छन्। महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली सोमबार अपराह्न ४ बजे काठमाडौं आइपुग्नेछन्। प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए।

Read More

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको  सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष काशीनाथ घिमिरेको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य गीता खनालले स्वागत गरेकी थिइन् ।  कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकाल, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला बस्नेत,  मेची बहुउद्धेशीय सहकारी संस्था सेवा केन्द्र बिर्तामोडका प्रमुख उत्तम खनाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाका  अध्यक्ष घिमिरेले संस्थाको आय–व्ययसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार ९९ जना,  जम्मा…

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोगगरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए। उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ । उनले भने, “काठमाडौँ उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स्थानमा मर्मतगरी आजै अबेरसम्म यातायात सञ्चालनमा ल्याउन निर्देशन भएको छ । मन्त्रालयले राष्ट्रिय महत्वका राजमार्गसहित बढी क्षति भएका सडकको अवरोध हटाई यातायात सञ्चालन गर्ने कामलाई मन्त्रालयले प्राथमिकता दिएको प्रवक्ता ढकालले…

Read More