Author: खबरमञ्च
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि शुरु भएको हो । बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स खारेजीको संघारमा पुगेको छ । लाइसेन्स नवीकरणबापतको सबै शुल्क नबुझाएकाले एनसेलको लाइसेन्स खारेजी हुने अवस्थामा पुगेको हो । लाइसेन्स नवीकरणको बक्यौता रकम १६ अर्ब र ३ अर्ब विलम्ब शुल्क गरी कुल १९ अर्ब रुपियाँ पर्सि शुक्रबारसम्म नबुझाएमा एनसेलको लाइसेन्स स्वतः खारेज हुनेछ । तर, लाइसेन्स नवीकरण गर्न एनसेलले साम, दाम, दण्ड, भेद प्रयोग गर्दै सरकारमाथि दबाब सिर्जना गर्दै आएकाले अन्तिम समयमा पासा पल्टाउने दाउमा एनसेलका बिचौलियाहरू लागेका छन् । एनसेलको लाइसेन्स खारेज भए स्मार्ट टेलिकमको लाइसेन्स ब्युँत्याउने खेल पनि सँगै शुरू भएको छ । स्मार्ट टेलिकममा २७ अर्ब रुपैयाँभन्दा बढी…
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज मन्त्रीहरुसँग प्रत्यक्ष सवालजवाफ हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यस्तै बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधनका क्रममा नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै सभापति देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन्। काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए । उनले विरोध गर्नेहरू पछाडि कसको हात छ र कुन तत्त्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए । उनले भने, ‘यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरूमा मनाइन्छ ।…
झापा । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र रहेको मल्टिप्लग सर्किट छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा भइसकेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन्। सत्तारुढ काँग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताविना सम्भव नरहेको दाबी गरेका हुन् । आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो । उनले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमती मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि…
काठमाडौँ । नेपालले पेनाल्टी सुटआउटमा भुटानमाथि ४–१ को जित निकाल्दै आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले सेमिफाइनलमा भुटानमाथि पेनाल्टी सुटआउटमार्फत जित रच्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि सीधै पेनाल्टी सुटआउटतर्फ धकेलियो । उक्त पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर जियारथ नायक बने । यस क्रममा उनले दुई प्रहार रोक्दै आफैंले पनि गोल गरे । पेनाल्टी सुटआउटमा नेपालका राम थापा, अविनाश स्याङतान, सीमान्त थापा र जियारथले गोल गरे । भुटानको तर्पmबाट पहिलो प्रहारमा जित्सुइन दोर्जीले गोल गरे । त्यसपछि जियारथ नायक बने र जिग्मे…
झापा । झापाको अर्जुनधारामा एक १६ वर्षीया नाबालिकालाई ७ जनाले सामुहिक बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ। शुक्रबार राति अर्जुनधारा–५ की १६ वर्षीया नाबालिकामाथि ७ जनाले सामुहिक बलात्कार गरेका प्रहरीले जनाएको छ। बलात्कृत किशोरीको बयानका आधारमा ६ जना पक्राउ परेका छन् भने एकजना फरार छन्। किशोरीका अनुसार घटनामा संलग्नमध्ये चिनजानका दुईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए। अर्जुनधारा–७ स्थित लंका होटलमा खाजा खाएर उनीहरूले साँझपख एकछिन घुम्न जाउँ भन्दै युवतीलाई नयाँ बाख्राहट्टीतिर लिएर गए। त्यस एकान्त ठाउँमा चारजनाले पालैपालो उनीमाथि जवरजस्ती करणी गरेका किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्। उनले चारजनासँग प्रतिवाद गर्न नसकेको बयान दिएको प्रहरीले जनाएको छ। त्यसपछि…
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा भएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भए पनि सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको हो । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ ।
काठमाडौं । कम्पनी बिक्री गर्दा राजस्व छली गर्नेलगायतका विषयमा पटक–पटक विवादमा मुछिँदै आएको एनसेलले यसपटक शुल्क नतिरी लाइसेन्स नवीकरण गर्न चलखेल सुरु गरेको छ । राजनीतिक दल, सरकार, सञ्चारमाध्यममा मात्रै होइन आवश्यक परे न्यायालयमा समेत ‘सेटिङ’ मिलाउन भन्दै बिचौलिया परिचालन गरेको छ । दूरसञ्चार ऐन २०५३ को दफा २५ र दूरसञ्चार नियमावली २०५४ को नियम १२ को उपनियम ३ बमोजिम लाइसेन्सको म्याद सकिनु ३ महिनाअगाडि नै २० अर्ब रुपियाँ नवीकरण शुल्क बुझाएर आवेदन दिनुपर्ने हुन्छ । एनसेलको २० वर्षे लाइसेन्सको म्याद आगामी भदौ १६ गते सकिँदै छ । तसर्थ, २०८१ जेठ १५ भित्र शुल्क र आवेदन दिनुपर्ने थियो । यद्यपि,…