Author: admin

काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो । यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

Read More

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । अदालतमा प्रहरीले ७ दिनको म्याद थप माग गरेको थियो भने उनका वकिलले तीन दिनको म्याद थप गर्न माग गरेका थिए । बयान लिने क्रम पनि झण्डै आधा सकिएकाले अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि राम्रो नहुने अधिवक्ता घिमिरेले बताए । उनले अदालतमा सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको र कार्तिक १ गते फाइल…

Read More

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि मत सर्वेक्षण गर्न नपाइने भएकाे छ । निर्वाचन आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण गर्न राेक लगाएकाे हाे । आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न आयाेगले निर्देशन पनि दिएकाे छ । आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय रुपमा चुनाव सम्पन्न गराउने कार्यमा नकारात्मक प्रभाव पर्ने भन्दै आयाेगले साे निर्देशन दिएकाे हाे । मंसिर ४ काे चुनावलाई लिएर कसैले मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने आयाेगले जनाएकाे छ । आयाेगका अनुसार आचारसंहिता विपरित मत सर्वेक्षण गर्नमा १ लाख…

Read More

काठमाडौँ । छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ। पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका ‘आलटाल’मा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन् । पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय…

Read More

झापा । स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारका पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कारबाही गर्न जिल्ला अनुगमन…

Read More

काठमाडौं । हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ।  आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ। 

Read More

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ ।  केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन । डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको छ भने नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने गरी एमालेले उम्मेदवारी नदिएको हो । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

Read More

झापा । गत असोज २३ मनोनयन गरेका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । बुधबार उनीहरुले नाम फिर्ता लिएका हुन् ।  प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की , १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी , राजन चिमरिया , क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल , स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत , क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी , स्वतन्त्र उम्मेदवारी…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन्। गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै लोकतन्त्रको रक्षाका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। उनले गैरआवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए। उनले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको जिकिर गरे।

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध  बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी  फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार बसेको गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले भोलिसम्म पनि उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत  मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो । आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्ने छ । यदि…

Read More