Author: admin
काठमाडौं । आज सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदैछ । नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो । वि.सं. १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो । नारायण गोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गरेका थिए । साथै सुगम–संगीतको पाठशाला निर्माणमा पनि उनकै देन रहेको छ । आफ्नो जीवनकालमा सयौं गीत गाएका नारायण गोपालका सबै गीत उत्तिकै कर्णप्रिय र कालजयी छन् । नारायणगोपालले ‘एउटा मान्छेको मायाले कति’, दुईटा फूल देउरालीमा’, ’पोखिएर घामको झुल्का’,…
काठमाडौं । चुनावपछि आज सत्ता गठबन्धनको बैठक बस्दैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावको समीक्षा हुने बताइएको छ । भावी सरकार गठनका बारेमा पनि छलफल गर्ने तयारी गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ। केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति निकालेर अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन भनेको हो। जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न सक्नेछन्। त्यस्ता समिति गठन नभएका भए गठन गर्नसमेत केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ।
कैलाली । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे विजयी भएका छन् । पाण्डे नेकपा एमालेका कर्णबहादुर थापालाई ५हजार ५सय ४१ मतले पछि पार्दै निर्वाचन भएका हुन् । पाण्डेले ३१ हजार ७ सय ८९ मत प्राप्त गर्दा थापाले २६हजार २सय ४८ मत प्राप्त गरे । ८३हजार ५सय ६७ मतदाता रहेको बाजुरामा ६० हजार एक सय५२मत खसेको थियो । यहाँबाट प्रदेश सभा १ मा एमालेका बलदेब रेग्मीलाई हराउँदै एकीकृत समाजवादिका नरेश कुमार शाही र २ मा एमालेका लाल बहादुर थापालाई हराउँदै कांग्रेसका पदम बहादुर शाही निर्वाचित भइसकेका छन् । योसँगै प्रतिनिधि सभामा कांग्रेसको प्रत्यक्षतर्फ ५७ सिट पुगेको छ।
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना नसकिँदै नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन् । ७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा गुरुङले पाँच हजार भन्दा बढी मतको अग्रता लिएका छन् । गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् । २ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ ।
काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्ने विकल्प खुला रहेको बताइएको छ। सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको बैठकपछि पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए। ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ सञ्चारकर्मीहरूसँग महराले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य अप्सन पनि खुला…
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले अहिले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुने बताएका छन्। पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘यदि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ। किनभने उहाँमा गतिशीलता छ। सबैसँग डिल गर्न सक्ने क्षमता छ।’ यादवले प्रचण्ड प्रधानमन्त्री बन्ने परिस्थिति छैन भनेर भन्न नमिल्ने बताए। ‘परिस्थिति त कहिलेकाहीँ जे पनि हुन्छ’, उनले भने, ‘परिस्थिति छैन भन्न मिल्दैन। कहिलेकाहीँ नसोचेको कुरा पनि हुने गरेको छ।’ उनले विगतमा राप्रपाका लोकेन्द्रबहादुर चन्द एमालेको काँधमा चढेर, कांग्रेसको काँधमा चढेर सूर्यबहादुर थापा पनि प्रधानमन्त्री बनेको भन्दै…
झापा । आज (शनिबार) ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । अपांगता दिवसकै अवसरमा आज झापामा पनि विविध कार्यक्रम आयोजना गरिँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व यो दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ । यसैबीच राष्ट्रपति…
काठमाडौँ। निर्वाचन आयोगले हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको निर्वाचन आयोगले जनाएकाे छ। एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भएको छ। आयोग मंसिर २६ गतेसम्म निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नगरिकता विवादका विषयमा परेको उजुरीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। लामिछानेको नागरिकता विवाद सम्बन्धमा गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आएको पत्र प्रशासन कार्यालयले प्रहरीमा पठाएको हो। जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उक्त पत्र प्रहरीसमक्ष पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाउने भएको हो। उनी भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आएको पत्र हामीकहाँ आइपुगिसकेको छ। अब थप अनुसन्धानको प्रक्रिया अघि बढ्छ।’ चितवन २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि रविको नागरिकता अवैध रहेको दाबीसहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो। उनले अमेरिकी नागरिक भएपछि…