Author: admin
पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति आगलागी हुदा मेघबहादुर गुरुङको छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको छ । बिजुली ‘सर्ट’ भएर गुरुङको घरमा आगलागी भएको अनुमान गरिएको छ । मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन् । आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्व्युरो बैठकले सरकारको बिषयमा आवश्यक निणर्य गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूणर् निणर्य गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने र सरकारको नीति र कार्यक्रम पनि हेर्नुपर्ने भएकाले आवश्यक निणर्य गर्ने अधिकार सचिवालयलाई दिइएको उनले बताए । उनले अहिलेसम्म सरकारलाई समर्थन गर्नका लागि औपचारिक प्रस्ताव नै नआएको बताए । त्यस्तै बैठकले पार्टी सुदृढीकरणका लागि अभियान चलाउने र त्यसका लागि कार्ययोजना बनाउन सचिवालयलाई अनुमति दिने निणर्य गरेको समाजवादीले जनाएको छ । बैठकले आम निर्वाचनमा…
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संसद सचिवाललय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आले र राईलाई सपथ खुवाएका हुन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका आले डोटीबाट निर्वाचित भएका हुन् भने राई नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य मनोनीत भएका हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित ८ जनालाई नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले कारबाहीको सिफारिस गरेको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरुलाई पार्टीको उम्मेदवार विरुद्ध लागेको आरोप छ । कारबाही सिफारिस भएकामा महासमिति सदस्य ईश्वर पाण्डे, महासमिति सदस्य प्रेमकुमार खत्री, महाधिवेशन प्रतिनिधि चेतबहादुर अधिकारी रहेका छन् । नेपाल तरुण दलका जिल्ला कार्यसमिति सचिव चित्र भट्ट, नेपाली कांग्रेस गाउँपालिका पार्टी सदस्य विदेश नराल, क्षेत्रीय प्रतिनिधि भिमप्रसाद अर्याल, गण्डकी प्रदेश समिति सदस्य श्यामप्रसाद लामिछानेलाई कारबाहीको सिफारिस गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले पार्टीका…
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक पुस १८–१९ गते बस्ने भएको छ । ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुनेछ । बैठकबाट पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा निर्णय हुनेछ ।
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार सो विमानस्थलको उद्घाटन गरेका हुन् । पानसमा द्वीप प्रज्वलन गरेर उनले विमानस्थलको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।
बिराटनगर । प्रदेश १ का प्रमुख पर्शुराम खापुङ्गले मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गतेसम्म समय दिएका छन् । खापङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् । संवधानिक प्रावधानअनुसार प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीको नियुक्तिको लागि दाबी पेश गर्न आग्रह गरेका हुन् ।
झापा । हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा हात्तीको आक्रमणबाट स्थानीय कृष्णमाया भण्डारीको मृत्यु भएको हो । राति करिब २ बजे हात्तीले उनको घर भत्काउन थालेपछि घर बाहिर निस्केका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी घाइते बनाएको छ । उनको उपचार भइरहेको छ । छावासहित गाउँ पसेको हात्तीको समूहका कारण बेलुकैदेखि स्थानीयबासी त्रसित थिए ।
काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शनिबार मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज शनिबार मेलमिलाप दिवस मनाउन लागिएको हो । नेपाली कांग्रेसका संस्थापक कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । शनिबार नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी संग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ । प्रत्येक वर्ष मनाइने पुस १६…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन यही पुस १६ गते शनिबार स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ । केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती,…