Author: admin
काठमाडौं । सदस्यसचिव नभएपछि अलपत्र बनेको राष्ट्रिय परीक्षा बोर्डको टेलिफोनको लाइन काटिन थालेको छ । देशभरका उच्च माविका विद्यार्थीको भविष्यसँग जोडिएको सो कार्यालयका कर्मचारीले साउन महिनाको तलब खान पाएका छैनन् । कक्षा १२ को विज्ञान तहको उत्तरपुस्तिका परीक्षण गरेका शिक्षकहरूले परीक्षण गरेवापत रकम पाएका छैनन् । परीक्षाफल प्रकाशित भइसकेको विषयमा कापी जाँचेको रकम नपाउँदा शिक्षक आक्रोशित बनेका छन् । इन्टरनेटको लाइन काटिएको छ । कक्षा १२ को व्यवस्थापन र मानविकी तहको परीक्षाफल प्रकाशित हुने मिति अनिश्चित बनेको छ । ११ कक्षाको परीक्षाफल कहिले प्रकाशित हुने हो अन्यौल छ । दर्जनौ समस्या हुँदा पनि शिक्षा मन्त्रालय रमिते भएको छ । मन्त्रालयले…
काठमाडौं । नेपाल विश्वमै कमजोर भौतिक तथा बौद्विक सम्पत्तिको अधिकार भएको राष्ट्रको सूचीमा परेको छ । प्रपर्टी रायट्स अलायन्सको हालै प्रकाशित अन्तर्राष्ट्रिय सम्पतिमाथिको अधिकार सुचाकंका अनुसार नेपाल सबैभन्दा कम सम्पत्तिको अधिकार भएका २० राष्ट्रमा परेको छ । नेपाल सम्पत्तिमाथको अधिकार सूचाकंका ४.५ अकंसहित १२८ देशमध्ये ९७ औं स्थानमा रहेको वासिङटन डिसीस्थित प्रपटी राइट्स अलायन्सको प्रकाशनले हालै सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सम्पत्तिमाथिको अधिकार सूचाकंकमा उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन् । भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, उनले विस्तृत बताउन चाहेनन् । निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए । स्रोतका अनुसार प्रचण्डको सन्दशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन् । पहिलो प्रचण्डले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सेसाँ छिटो चुनावमा जाने उल्लेख गरेका छन् । त्सयसका लागि मधेसी…
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्हरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवाी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो । ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घतटना पहिलो हो । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि आफूले फेरी नेपाल भ्रमण गर्नसक्ने बताएका छन् । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शनिबार भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने इच्छा देखाएका हुन् । ‘मोदी आफैं नेपाल आउन तत्पर रहेको भेटमा बताए,’ भेटमा सहभागि उक अधिकारलिे टेलिफोनमा भने । गत वर्ष नेपालमा संविधान जारी भए लगत्तै भारतले नेपालमा पाँच महिना नाकाबन्दी गरेपछि बिग्रेको द्विपक्षीय सम्बन्ध तथा मोदीप्रति नेपाली जनतामा परेको ‘नकारात्मक छवि’ सुधारका दृष्टकोणबाट समेत मोदी पुनः नेपाल भ्रमणमा आउन चाहेको हुनसक्ने सरकारी अधिकारीहरको बुझाइ छ । आजको अन्नपूर्ण पोष्ट…
काठमाडौं । मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरुको उद्घोषमा ६ महिना लामो बन्द र हड्तालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरु यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् । आन्दोलनको बेला मधेसवादी दलका नेताहरुले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरुलाई बैंकको ऋणमा लाग्ने ब्याज मिनाहा गराइदिने, घरभाडा लिई व्यापार गरिरहेकाहरुको भाडासमेत माफ गराइदिने आश्वासन दिने गरेका थिए। मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रुपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दै नहेरेको व्यापारीहरुको गुनासो छ । आन्दोलनमा सबैभन्दा बढी झडप र होहल्ला हुने जनकपुरको शिवचोकमा सञ्चालिन होटेल वेलकम ६ महिना पूर्णरुपमा…
काठमाडौं । बिहीबार आत्महत्या गरेका भनिएका सैनिक हवल्दार दीपकबहादुर खड्काको शव शुक्रबार मात्रै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याइयो । शवको सुरक्षाका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहसहित १५/२० जना प्रहरी खटिएका थिए । मेजर सुमन विष्टको नेतृत्वमा ८/१० जना सैनिक पनि अस्पतालमा उपस्थित थिए । डाक्टरद्वय घनश्याम भट्ट र गिरिश अवस्थीले पोष्टमार्टम गरे । मृतकका आफन्तलाई शव हेर्न दिइए पनि पत्रकारलाई दिइएन । आफन्तका अनुसार खड्काको बाँया कानबाट लागेको गोली दायाँ कानबाट गोली निस्किएको छ । सेनाले भने खड्काले आफै गोली हानेर आत्महत्या गरेको भनेको छ । खड्काको पुट्ठामा पनि ठूलठूला निलडाम देखिएको आफन्त बताउँछन् । ‘टाउकोमा हानेको गोलीको निसाना…
काठमाडौं । पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याइ उतै छाडेर आएको आरोप लगाइएको छ । पासाङ पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेका थिए । जाँदा १५ जना गएपनि फर्कदा उनीहरू मात्र फर्किए । ती १३ जना अमेरिका पुगिसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर…
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको हो । भेटवार्तापछि मन्त्री निधिले साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै ‘प्रचण्डले भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने र सोही क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने’ जानकारी दिए । प्रचण्डको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पनि निधिले जनाए । त्यसपछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जानेछिन् । निधि र मोदीबीचको…
एजेन्सी । कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका छन्। ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै पखाले। नेइमारको प्रेरणामा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो। दुई वर्षअघि यही मैदानमा जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई लज्जास्पद रूपमा पराजित गरेको थियो। ५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जितेको थिएन्। आइतबार बिहान नेपाली समयअनुसार ५ बजे नेइमारले अन्तिम पेनाल्टीबाट गोल गर्दै ब्राजिली समर्थकलाई ओलम्पिकको मिठो उपहार दिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै…