Author: admin

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरबार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाइ नलिएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा मंगलरबार साँझ अनलाइन सम्पादक तथा प्रमुखसँगको अन्तर्क्रियामा दाहालले भने,‘ नढाँ६ भन्दा पहिले हामी सरकारमा आउँदा  विद्रोहको सोचाइ थियो। क्रान्तिको रापताप र विद्रोहको उमंग थियो। मौका पाए छाड्नु हुन्न भन्ने थियो। सत्ता कब्जाको मानसिकता थियो तर यपसपटक त्यो सोचाइ र मानसिकता छैन।’ दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा वास्तविकता र मानसिकताबीच केही अन्तर्द्वन्द्व रहेको स्वीकार्दै भने,‘सत्ता कब्जाको त्यो सोचाइ क्रान्तिको ऐतिहासिक  घटनाक्रमलाई हेर्दा आफैंमा गलत थिएन। तर वास्तविकता अर्कै थियो। हामी १२ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा आएका थियौ। सम्झौता भइसकेको अवस्था थियो।…

Read More

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ। यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको खबर आजको कारोबारमा छापिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो । प्राधिकरणले छोटो समयमा यति धेरैलाई पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार प्रभावितलाई पहिलो किस्ताको ५० हजार रकम वितरण गर्नुपर्नेमा हालसम्म १ लाख ६ हजार ९५९ सम्म यो सुविधा पुगेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद…

Read More

काठमाण्डौ । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहलगायत माओवादी केन्द्रका १० नेताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएको छ। पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ का इन्जिनियर देवनन्दन मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। मुद्दा दर्ता भएपछि सबै फरार छन् । नेताहरूले डिभिजन कार्यालयका प्रमुख रामनरेश मण्डल र पीडित इन्जिनियर मण्डललाई मिलापत्र गर्न दबाब दिइरहेको स्रोतले जनाएको छ । पूर्वमन्त्री साहले गोलबजार ४ स्थित आफ्नै घरमा बोलाई योजनाअनुसार धाकधम्कीसँगै हतियार देखाएर…

Read More

काठमाण्डौ । सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ। विद्युत, नियमवाली, २०५० लाई २४ वर्षपछि संशोधन गरी सय मेगावटसम्मका आयोजना र प्रसारण लाइन अनुमति विद्युत विकास विभागबाटै जारी गर्ने व्यवस्था तयारी बढाइएको खबर आजको नागरिक दैनिकमा छापिएको छ। नियमवाली संशोधनपछि ऊर्जासचिवमा रहेको उक्त अधिकार अब विभागको महानर्देशकमा सर्नेछ । त्यसैले अब साना आयोजना अनुमति लिन मन्त्रालय धाउनुपर्दैन । ऊर्जा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर शंसोधित नियमावलीको प्रस्ताव पारित गर्न मन्त्रिपरिषद लैजाने तयारी गरेको छ। मन्त्रालयमा फायल रोकिने र प्रवर्द्धकले हैरानी खेप्नुपर्ने समस्या हटाएर छिटो काम गर्न नियमावली संशोधन गर्न…

Read More

काठमाण्डौ । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन्। आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेको खबर आजको राजधानी दैनिकमा छापिएको छ। नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए।

Read More

काठमाण्डौ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ। सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरू गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो। तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो । केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ । भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि…

Read More

काठमाण्डौ ।  नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायतका विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आयोगले प्रस्ताव गरेको ‘विधेयक मस्यौदा’ प्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ। राखेको प्रस्तावलाई विधेयक प्रस्ताव गरेको मापदण्ड तथा कार्यक्षेत्रभित्र नपर्ने भन्दै आयोगको प्रस्तावित विधेयकमा उल्लिखखित कतिपय प्रावधानप्रति गम्भीर आपत्ति र असहमति जनाएको  खबर आजको अन्नपूर्णमा शम्भु कट्टेलले लेखेका छन्। आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा नेपाली सेनाका कतिपय कर्तव्य र अधिकारहरुमा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक मुख्यालायले असहमति जनाएको स्रोतले बताएको छ। नेपाली सेनासम्बन्धी विषयबस्तु समावेश गरी आयोगले तयार पारेको विधयेकप्रति असहमति जनाउँदै सैनिक मुख्यालायले मंगलबार विधेयकमा उल्लेखित नेपाली सेनाका…

Read More

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित जनतालाई राहत स्वरूप थप एक लाख रुपियाँ दिने तयारी गरिएको बताएका छन्। यसको विषयमा दातृ निकायसँग छलफल भइसकेको उनले बताए। यसअघि सरकारले घर बनाउन पहिलो किस्ता स्वरूप दुई लाख दिने निर्णय गरेको थियो। त्यसमा थप रकम दिने प्रधानमन्त्रीले उद्घोष गरेको खबर आजको गोरखापत्रमा छापिएको छ। पीडितलाई उक्त रकम ४५ दिनभित्र उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको बताएका छन्। मङ्गलबारसम्म एक लाख २० हजारलाई पहिलो किस्ताको दुई लाख रुपियाँ हस्तान्तरण भइसकेको प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीले पीडितका लागि अर्को थप दुई लाख सस्तो ऋणको रूपमा दिनेबारे पनि पहल भइरहेको बताएका छन्।

Read More

काठमाण्डौ । जिल्ला अस्पताल होस् वा स्याङजा वालिङ प्राथमिक स्वास्थ् केन्द्र, राज्यले शव चिर्ने सहयोगीलाई प्रतिशव एक सय रुपैयाँमात्रै अतिरिक्त पारिश्रमिक दिने गरेको छ। तर ती सहयोगीले भने मूल्य अभिबृद्धिकर कटाएर प्रतिशव जम्मा ८५ रुपैयाँमात्र पाउने गरेको खबर आजको अन्नपूर्णमा भवानी अधिकारीले लेखेका छन्। कुखुराको मासु किन्न हिँडेका सन्तबहादुर दमै ५ दिनपछि मृत अवस्थामा भेटिए। पुतलीबजार नगरपालिका वडा नं ९ लामागेका ४२ वर्षीय दमै केही महिनाअघि स्याङ्जा सदरमुकाममा मासु लिन आउँदै गर्दा चिप्लिएर खरबारीमा खसे। बटुवाले गनाइरहेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खवर गरे। गनाएको शव जिल्ला असपताल लगियो। अनि चिरफार पनि भयो। मास्कको त के काम, नाकमा गलबन्दी नै…

Read More

काठमाण्डौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ। सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै बेहोर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई सुम्पने निर्णय सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले गरेको थियो। मंगलबार स्वदेश फर्किएका निधिले पनि विभिन्न परियोजनाबारे भारतीय अधिकारीहरुसँग छलफल भएको विमानस्थलमा प्रतिक्रिया दिएका छन्।  प्रधानमन्त्री दाहालले दुई…

Read More