Author: admin

काठमाडौं – भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रमा जलप्रवाह कम हुने आशंका गरिएको छ । यसअघि नै भारतले पाकिस्तानसँग सन्धि सम्झौता तोड्ने धम्की दिएपछि चीनले ब्रम्हपुत्र नदी रोकिदिने चेतावनी दिएको थियो । भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ भन्दै पाकिस्तानी क्षेत्रमा गोलाबारी गरी दुई सैनिकको हत्या गरेपछि चीनले ब्रम्हपुत्रको सहायक नदी रोकेको हो । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले परियोजनाका प्रशासनिक ब्युरो प्रमुख झांग युन्बोलाई उदृत गर्दै तिब्बको शिगाजेमा यारलुंग झांग्बो (ब्रम्हपुत्रको…

Read More

काठमाडौं – नेपाली कांग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्य मन्त्री सरकारमा पठाउने भएको छ । सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको हो । पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए । ‘संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन् ।’ सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन् । सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ । स्रोतका अनुसार…

Read More

काठमाडौं – दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ ।…

Read More

काठमाडौं – सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको छ । स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटेत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय नाकाबन्दी भएको छ । २०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन् । उनीहरुलागि गत साल ४ करोड रुपैयाँ खर्च भएको थियो । पहिलेको राजदरबारको क्षेत्रफल ७५४ रोपनी आठ पैसा तीन दाम छ ।…

Read More

काठमाडौं – दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला । विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन छ । यसरी आएको कुनै चिज–वस्स्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका वस्तु उपहार लिनुरदिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको…

Read More

काठमाडौं – भूकम्पले भत्किएका निजी घरहरुको निर्माणका लागि भदौ मसान्तभित्र दिने भनिएको अनुदान रकम काठमाडौं उपत्यकाको हकमा भने तहिारपछि पुग्ने भएको छ । राष्ट्रिय पुर्निर्माण प्राधिकरणले विशेष अभियानअन्तर्गत काठमाडौं उपत्यकामा भदौ१५ भित्र लगत संकलन गरिसक्ने भने पनि सो काम बल्लतल्ल असोजको दोस्रो साता सकिएकाले आवास अनुदान पाउने कार्यमा मपहिनौं ढिलाइ भएको हो । राष्ट्रिय योजना आयोगबाट खटिएका जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयले शुक्रबार तंथ्याक संकलन कार्य पूरा गरेको छ । नगरपालिका र उपमहानगरपालिकाको हकमा यसअघिको तथ्याकंको पुनः परीक्षण र गाविसको हकमा पुनः गणना गरेर तथ्यांक संकलन कार्य सम्पन्न भएको ललितपुरमा तथ्यांक विभागबाट खटिएका राजेश त्रितालले जानकारी दिए । आजको नेपाल…

Read More

काठमाडौं – पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र शिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए । सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो । पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ…

Read More

काठमाडौं – खाद्य संस्थानले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको मूल्य शनिबार तय गरेको छ । संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठका अनुसार २५ किलोभन्दा बढी तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरिएको छ । ‘२५ किलोभन्दा कम तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने । त्यस्तै संस्थानले च्यांग्राको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको उनले जानकारी दिए । संस्थानले मुस्ताङबाट च्यांग्रा ल्याएको छ । शनिबार सात सय ४० च्यांग्रा आएको संस्थानका वरिष्ठ सहायक केदार कार्कीले जानकारी दिए । मूल्य तोकिएकाले आइतबार दिउँसो २ बजेबाट च्यांग्रा बिक्री खुला गरिने…

Read More

काठमाडौं – कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत हुन सकेको छैन् । पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त गर्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका हुन् । कार्यक्रममा पौडेलले परम्परागत गुट अन्त्य गरी ‘बागी’ ले खेल्न नपाउने गरी अघि बढ्न सभापति देउवासँग आग्रह गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं – सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मधेसी मोर्चाका नेतासँग भेटदै दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए । ‘मुख्य कुरा सीमांकनमै हाम्रो आन्तरिक छलफल मिलेको छैन, नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्नेबारे त कांग्रेससँग मोटामोटी कुरा मिलेकै हो,’ प्रधानमन्त्री निकट एक नेताले कान्तिपुरसँग भने, ‘तर पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लालाई…

Read More