Author: admin
झापा । आज कार्तिकशुक्लपक्ष प्रतिपदा । यमपञ्चकको चौथो दिन आज बलिपूजा, गोवर्द्धनपूजा । आज नेपाल संवत ११४३ शुरुवातको दिन हो । नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आफ्नो शरीरलाई आफैले पूजा गर्ने म्हपूजा काठमाडौं उपत्यका र देशभर रहेका नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी कृषक एवं…
झापा । कात्तिक कृष्ण औँसीका दिन मंगलबार ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ । ग्रहणले दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गरेको थियो । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त भएको छ । ३२ मिनेट नेपालबाट ग्रहण देखिएको थियो । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । यस्तै कार्तिक २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ ।
काठमाडाैँ । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ। सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ। अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।
दाङ । घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । आगो लाग्दा करोडौँको क्षति भएको छ । घोराही- १५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
धनुषा । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । दुवै जना घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
झापा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो…
झापा । कुकुर तिहारका दिन सोमबार झापाको बिर्तामोडमा सामुहिक कुकुर पूजा गरिएको छ । हिन्दुहरुको महान चाड शुभदिपावलीको दोस्रो दिन कुकुर तिहारको अवसरमा बिर्तामोडमा सामुहिक कुकुर पूजाको आयोजना गरिएको हो । इमान्दार प्राणीको रुपमा परिचित कुकुर मालिकप्रति बफादार रहने र दुश्मनप्रति आक्रामक हुने भएकाले सुरक्षाका दृष्टिकोणले कुकुरको निकै ठूलो महत्व रहेको बताइन्छ । आदर्श ब्याङ्केट बिर्तामोडको प्रांगणमा एक कार्यक्रम गरि फुलमाला, अबिर तथा खानेकुरा दिइ सामुहिक कुकुर पूजा गरिएको हो । सुरुवाती कोठा नेपालको आयोजना, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको साझेदारी, हाम्रो अभियान नेपालको सहकार्यमा कुकुर तिहार मनाइएको हो ।
झापा । झापाको बिभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख बराबरको पटाका प्रहरीले बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय झापामा बरामद गरिएको पटाका खाडल खनेर गाडिएको हो । प्रहरीले विभिन्न समयमा अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बिभिन्न किसिमका पटका जन्य पदार्थहरु बरामद गरेर नष्ट गरेको हो । उक्त परिमाणको पटाका विगत १५ दिनमा झापाका विभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । नेपाल-भारतबीचको खुल्ला सीमानाका कारण पटाका भित्र्याउने क्रम जारी रहेको उनले बताए । तिहारलाई लक्षित गरेर अवैध रुपमा सीमा नाका लगायत…
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आज धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताएका छन् । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्ने उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका हुन् ।
काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ । अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो । गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी…