Author: admin

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मुख्य निर्वाचन अधिकृत काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। मेयर शाहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए। त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। उपमेयर डंगोललाई मेयर शाहले सपथ ग्रहण गराएका हुन्। उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन्। मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन्।

Read More

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि बढाउन भनेको हो । सर्वोच्च अदालतले गत बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न दिएको फैसलाको आलोचना गर्दै समितिले तत्काल निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

Read More

काठमाडौं । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । खराब मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न नसकेको बताइएको छ। स्थानीयबासी इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले  भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

Read More

काठमाडौं । कक्षा-१२ को परीक्षा आज (सोमबार) देखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा शुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । यस पटक पनि परीक्षा शुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

Read More

काठमाडौं । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताए । उनले मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्च बापत मासिक पाँच हजार उपलब्ध गराउने घोषणा गरे । बजेटमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत कर छुट दिएको छ । देशमै सेनेटरी प्याडका कच्चा पदार्थका…

Read More

झापा । झापाको मेचीनगर-९ मा सञ्चालित हिमालयन अंग्रेजी माविले विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव शनिवार सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक कमल नेपालको सभापतित्व तथा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट १५ विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो । सोही अवसरमा विद्यार्थीले विभिन्न जातजातिका नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरीमान फागो, विशिष्ट अतिथि मेचीनगर प्याब्सन अध्यक्ष डम्बर रुचाल, विद्यालयका डाइरेक्टर धनराज थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थपलिया लगायतले पुरस्कार वितरण गरेका थिए । विद्यालय प्रशासन प्रमुख रीना थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका दुर्गा शाक्यले गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक कमल नेपालले…

Read More

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

Read More

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् ।

Read More

काठमाडौँ। सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने बताए । उनले धुवामुक्त भान्साअन्तर्गत सुधारिएको चुलो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने बताए ।

Read More

काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

Read More