Author: admin
झापा । झापाको कचनकवल गाउँपालिकामा एक ठाउँमा डोरी लगाएर झुन्डिएको अवस्थामा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनीमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई ती युवक र युवती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशी मृत भेटिएका हुन् । विवाहको सन्दर्भमा उनीहरूका परिवारबीच विवाद भएका कारण उनीहरू झुन्डिएको हुनसक्ने अनुमान स्थानीयबासीको छ । गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले…
झापा । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् । भ्रस्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिवद्धता व्यक्त गरे । सोमबार झापाको अर्जुनधारा १ साधुटारमा रहेको शंकराचार्यपीठको बार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रस्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए । सरकारमा जाने मान्छेलाई राम्रो नमानेको सन्दर्भमा आफूले सरकारमा गएर काम गरेर देखाउने अठोट गरेको उनको भनाइ थियो । हजारौंले सरकारमा अहिले जानु हुँदैन भनेको तर मैले गरेर देखाउने मौका यो पनि भनेर…
काठमाडौं । नेपाली कांग्रेसले कानूनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दैै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न माग गरेको हो । राष्ट्रपतिको निर्वाचनका लागि कानूनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार उठाउने र समर्थनका लागि अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उनले बताए । अहिलेको व्यवस्था अनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको…
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिएर गल्ती गरेको भन्दै १५औं महाधिवेशन तयारीमा जुट्नुपर्ने बताएका छन्। संस्थापन इतर पक्षको आइतबार काठमाडौंमा आयोजित भेलामा नेताहरूले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुको साटो पार्टी तटस्थ बसेको भए उचित हुने तर्क राखेका हुन्। संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले राखेको तर सुनुवाइ नभएको बताए। प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको भन्दै कोइरालाले भेलामा भने, ‘तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिएँ, त्यसको सुनुवाइ भएन।’ पार्टीको…
काठमाडौं । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफैं अन्यायमा परेको देखिएको छ । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशको आधारमा देशले नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै सरकारले समेत पूर्णता पाइसकेको छ । तर, न्यायालयमा भने झन्डै एक वर्षसम्म कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन हुन बाध्य भइरहेको छ । संसदीय सुनुवाइ समिति तत्काल बन्ने सम्भावना नभएका कारण अझै आउँदो वैशाखसम्म सर्वोच्चले पूर्ण प्रधानन्यायाधीश नपाउने संकेत देखिएको छ ।…
सुर्खेत । सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । छिन्चुबाट सुर्खेततर्फ गइरहेको वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो । दुर्घटनामा सुर्खेतका चालक सागर शाही, दैलेखको डुङ्गेश्वरका दिपेशजंग शाही, दैलेखकै भगवतीमाइका बबिन शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बीसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दैलेखको भैरवीका विरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो। २७५ सदस्यीय प्रतिनिधिसभाका २६४ जना मतदानमा सहभागी भएका थिए। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी राना रास्वपाकी समानुपातिक सांसद हुन्। उनको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो।
सम्माननीय सभामुख महोदय…. हिउँदका कठ्यांग्रिँदा छोटा दिनहरु सकिएर विस्तारै न्यानो घाम लाग्ने लामा दिन आउँदैछन् । छिटै वसन्त ऋतु आउनेछ, अनि तुसारोले रुखो बनाएका रुखबिरुवामा फेरि नयाँ पालुवा पलाउनेछन् । राजनीतिमा पनि समयको चक्र फेरिइरहन्छ । यो रोस्ट्रमबाट यस गरिमामय संसदलाई चारैतिर नियाल्दा मलाई लागिरहेछ, नेपाली राजनीतिमा चाहिँ वसन्त छाइसकेछ । नयाँ सपना लिएर, नयाँ आशा लिएर नयाँ माननीय सांसदहरु आउनुभएको छ । संगै लामो राजनैतिक यात्रा गरिसक्नु भएका, विभिन्न घटना परिघटना भोग्दै, सिक्दै, अध्ययन गर्दै राजनीतिमा खारिएर आफैंमा सिंगो संस्था बन्नुभएका अनुभवी सांसदहरु पनि आउनुभएको छ ! यस्तो लाग्दैछ, परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिविम्ब…
काठमाडौं । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले इन्दिरा रानामगरलाई उपसभामुख पदमा समर्थन गर्न पाएकामा खुसी लागेको बताएका छन् । रानाको समर्थक रहेका लिङ्देनले उनलाई देश र अन्तर्राष्ट्रियजगत्ले चिनेको र संसद्मा आफूले सबैभन्दा नजिकबाट चिनेको जिकिर गरे । “सबैभन्दा बेसी कसैले चिनेको छ भने मैले चिनेको छु । एउटा भुईंमान्छे, जसले आफ्नो समाज, देशको नाम राख्ने काम गरेको छ । समाजसेवामा आफूलाई समर्पित गरेको छ,” शनिबार प्रतिनिधिसभा बैठकमा उनले भने, “उपसभामुखमा समर्थन गर्न पाउनु असाध्य खुसीको कुरा हो । राप्रपा अध्यक्षसमेत रहेका लिङदेनले अघिल्लो संसद्मा सांसद सीके राउतको प्रस्तावमा नउठेको भन्ने विषयमाथि प्रष्टीकरण पनि दिएका दिए । उनले…
काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए। उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे। उनले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदासदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए। उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण…