Author: खबरमञ्च
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
झापा- झापाको हल्दीबारी गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर किच्दा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका वडा नं. २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ९:०० बजेको समयमा वर्षासँगै आएको तीव्र गतिको हावाहुरीले घर नजिकै रहेको आँपको रुख ढालेको थियो । रुखले आफ्नै घरमा सुतिरहेकी आरतीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धान र सहयोगका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट पनि विशेष टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
झापा- अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो करिव १२ बजे बिर्तामोड ३ सैनिकमोडमा चारआलीबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र–१–०१–००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान काठ फेला परेको हो । गाडीमा ६ वटा ढोका र ४ वटा झ्यालको चौखट रहेको छ । गाडीसंगै चालक हल्दिवारी १ बस्ने संजय कार्की र सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
काठमाडौँ- परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ । राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ । नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रण्णाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी…
विर्तामोड- फागुन २१ को निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस झापाले २ जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले निष्कासनको कारबाही गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जानकारी दिएका छन् । पार्टीका जिल्ला सदस्यहरु ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति), क्षेत्रीय प्रतिनिधिहरु शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई), दिपिन्द्र थापा (गौरीगञ्ज) लाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख…
काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारू पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन् । सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकमा दलहरूले पाएको मत हेर्दा दलित क्लष्टरमा रास्वपाबाट सात महिला, दुई…
सुरुङ्गा (झापा)- झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा रु दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि रु ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा रु २६ हजार ९७० खर्च भएको उल्लेख छ । वडास्तरीय प्रचार कार्यक्रम…
झापा- झापा क्षेत्र नम्बर ५ को चुनावी परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रास्वपाले यस क्षेत्रमा करिब ६० प्रतिशत मत हासिल गर्दै पहिलो स्थान ओगटेको हो। कुल १ लाख ७ हजार २०१ समानुपातिक मत गणना भएकोमा १ लाख ४ हजार २८९ मत सदर भएको थियो। जसमध्ये रास्वपाले ६२ हजार २५८ मत प्राप्त गरेको छ। नेकपा एमाले १७ हजार ६२३ मत (१७ प्रतिशत) सहित दोस्रो स्थानमा खुम्चिएको छ भने १० हजार ५७३ मत ल्याएर श्रम संस्कृति पार्टी तेस्रो स्थानमा रहेको छ। अन्य दलहरूमा नेपाली कांग्रेसले ४ हजार ६२…
झापा- झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि उनकै निवासमा पुगेर हातपात र गालीगलौज गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार साँझ ७:३० बजेको समयमा गौरादह–५, राजपति चोक चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी नगर प्रमुख सुवेदीको घरमा पुगेर अभद्र व्यवहार गरेका थिए। पीडित नगर प्रमुख सुवेदीका अनुसार सिटौलाले उनको घरमा आएर “बाहिर निस्की” भन्दै गालीगलौज गर्नुका साथै आफूमाथि हातपात समेत गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका सिटौलालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। नगर प्रमुख सुवेदीमाथि…
झापा- झापामा सम्पन्न निर्वाचनमा सहभागी ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान रहेको छ। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, श्रम संस्कृति पार्टी र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरू समेत परेका छन्। क्षेत्र नं १ मा नेकपा एमालेका रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की र नेकपाका अशेष घिमिरे…