Author: admin
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र पालिकालाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले सङ्घीय सरकारको चालु खर्चमा खर्च कटौती गर्ने निर्णय गरेअनुसार पालिका र जिससलाई पनि खर्च कटौती गर्न परिपत्र गरिएको हो । सङ्घीय मामिला मन्त्रालयले खर्च कटौती गर्न मिल्नेसम्मका शीर्षकमा खर्च कटौती गर्न भनेको छ । विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा परेको प्रभाव र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन नभएकाले बजेट कटौती तथा खर्च रोक्का गर्न भनिएको छ । सबै पालिका र जिससले विनियोजित बजेटको खर्च भइ बाँकी रहेको दायित्व सिर्जना भइसकेका बाहेक बजेट…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एकीकृत समाजवादीकाे सचिवालयका अनुसार बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेकाे हाे । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएकाे छ । पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने सचिवालयले जनाएकाे छ ।
विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ) पक्राउ परेका छन् । पक्राउ पर्नेमा असइ घनश्याम लाखे रहेका छन् । भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ रानीस्थित १ नम्बर ढाटबाट उनी पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो ४:२० बजेतिर मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेकाे प्रहरीले जनाएकाे छ । उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए। ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज…
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा फ्री वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ । आज सबै विमानस्थललाई पत्रचार गर्दै विमानस्थलमा आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यान दिँदै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको हो । पत्रमा भनिएको छ, “उपरोक्त विषयमा तहाँ विमानस्थलमा आवतजावत गर्ने यात्रु तथा आगन्तुक एवं सेवाग्राहीसमेतको सेवा सुविधालाई ध्यानमा राखी विमानस्थलमा सबैले फ्री वाइफाई सेवा सहज तथा सुलभ तरिकाले उपयोग गर्न सक्ने गरी व्यवस्थित गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।”
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल चढेको गाडी नयाँ बानेश्वरमा दुर्घटना भएको छ। भुसाल सवार गाडी शुक्रबार ११:३० बजे सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको उनका सहयोगी गौतम राईले बताए। “उहाँ आफैँ गाडी चलाएर पार्टी कार्यालय गइरहनुभएको थियो। अचानक रिँगटा लागेपछि गाडी साइड लगाउने क्रममा डिभाइडरमा ठोक्किएको हो,” राईले भने, “अहिले निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ।” भुसालको अवस्था सामान्य रहेको तथा गाडीमा भने सामान्य क्षति पुगेको राईले बताए।
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका आदेशविरुद्धको निवेदनमा न्यायाधीश फुयालको इजलासमा सुनुवाइ भएको थियो । प्रारम्भिक सुनुवाइपछि फुयालको एकल इजलासले उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो । उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको थियो । एक नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग…
काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै छ । लामिछानेको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चमा शुक्रबार हुने सुनुवाई न्यायाधी फुयाँलको इजलासमा तोकिएको हो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो । उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको थियो । एक नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो । गत पुस २८ गते उच्च अदालत पाटनले…
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो ।
धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । आज बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो । प्रहरीले उनलाई विहीबार बाँकेबाट पक्राउ गरेको हो ।
काठमाडौँ। मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवर्ता भएको छ। मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेटवार्ता जारी छ। तीनदिने नेपाल भ्रमण आएका गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।