Author: खबरमञ्च
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा…
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ। दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए। तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त…
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाईविदेश जान दिने निर्णय गरेको हो। लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयलेभने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो। नाबालिग बलात्कार आरोप लागेकाकारण लामिछाने निकै विवादित बनेका थिए।
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका ८ जना मन्त्रीहरूले राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती छन् । एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए।
भद्रपुर । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो । मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निणर्ायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूणर् पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए । दर्शकले भरिभराउ रंगशालामा गत…
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताको उपस्थिति रहेको छ । गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । परराष्ट्र मन्त्री पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने तयारीमा थिइन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी थिइन् । नेपाल मानवाधिकार परिषद्को सदस्य राष्ट्र भएकोले नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको थियो । मन्त्री डा. पौड्यालको भ्रमण नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइएको थियो । नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका…
काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाहलाई अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराले सफाइ दिएको छ । बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज सफाइ दिएको हो । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताएका छन् । नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र रु १० लाख क्षतिपूर्तिको फैसला सुनाएकामा उच्च अदालत पोखरा सफाई दिएको हो । उक्त फैसलाविरुद्ध…
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सन्दीपले दायर गरेको मुद्दासँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।