Author: खबरमञ्च
झापा- नेपालका तराई क्षेत्रमा गर्मीको तीव्रता बढ्दै गएको छ। विशेषगरी पश्चिम तराईका जिल्लाहरूमा तापक्रम उच्च बिन्दुमा पुगेको छ। मौसमविद्हरूका अनुसार यो गर्मी केही दिनसम्म रहन सक्ने सम्भावना छ। गर्मीको अत्यधिक प्रभावका कारण जनजीवन प्रभावित भएको छ। उच्च तापक्रमका कारण लू लाग्ने खतरा बढेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घ रोगीहरू बढी जोखिममा छन्। कृषि क्षेत्रमा पनि गर्मीको प्रभाव देखिएको छ, जसका कारण जलस्रोत सुक्दै गएको छ। विशेषज्ञहरूका अनुसार गर्मीबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छः गर्मीमा गरिने सतर्कता गर्मीको समयमा निम्न कुरामा विशेष ध्यान दिन आवश्यक छः अत्यधिक चिसो पदार्थ जस्तै आइसक्रिम तथा चिसो पेय पदार्थको बढी सेवन नगर्नुहोस्। लू लाग्ने…
झापा- नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडमा सञ्चालित दुई दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका–२ स्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय भवनमा शनिबार र आइतबार सम्पन्न तालिममा ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो। समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिको तीव्र विकासले पत्रकारिताको ढाँचामा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरू एआइलगायतका नयाँ प्रविधिप्रति सचेत र अपडेट हुनुपर्ने आवश्यकता औंल्याए। तालिममा आमसञ्चार विज्ञ भानुभक्त आचार्यले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। उनले एआइ प्रविधिको मूल स्वरूप, पत्रकारितामा यसको प्रयोग, सम्भावित चुनौतीहरू र उत्तरदायित्वका बारेमा व्याख्या गर्दै सहभागीहरूसँग प्रत्यक्ष…
झापा- झापाको दमकमा गएराति ट्रकको ठक्करबाट एक जना स्कुटी चालकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार राति करिब १०ः१५ बजे दमक नगरपालिका–१ स्थित रबी स्टेण्डको गेट नजिकै ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो। स्कुटीमा सवार २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ताप्लेजुङ दोभानका लिम्बू हाल दमकमा अवस्थित थकाली किचनमा स्टाफको रुपमा कार्यरत थिए। घटनामा स्कुटीको पछाडि सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन्। उनको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालक प्रहरीले…
झापा- झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा गएराति एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। प्रहरीले दिएको जानकारीअनुसार ३५ वर्षीय कविराज हेमरमले आपसी झगडापछि आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरमको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्। घटना राति करिब ११:२० बजे भएको हो। पारिवारिक विवादपछि कविराजले पूजा हेमरममाथि उनीहरू सुत्ने कोठामै खुकुरी प्रहार गरेका थिए। घटनापछि फरार रहेका कविराजलाई प्रहरीको टोलीले केही समयमै कनकाई नगरपालिका क्षेत्रकै सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको जनाएको छ। शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा- भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । विदेशमन्त्री मिश्रीले भने, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र…
झापा- मापदण्डबिपरित बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङटिङ खोलाबाट दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो अन्दाजी ३:३० बजे टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको संयुक्त अनुगमन टोलीले बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा बा २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्कोगरी जम्मा २ वटा स्काभेटर नियन्त्रणमा लिएको हो। अस्थाइ प्रहरी चौकी खुदुनाबारीमार्फत स्काभेटर खोलाबाट निकाली स्थानीयको गाईफर्म नजिक सुरक्षित राखिएको छ। ती स्काभेटरलाई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रस्ताव राखेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने बताए । सबैलाई समेट्न सकिने गरी नयाँ मौलिक संरचना निर्माण गरिए मुलुकमा रहेका असन्तुष्टिको समेत सम्बोधन हुने उनको भनाइ छ । उनले भने, ‘हामीले अनावश्यक संरचना खारेज गर्ने भनेर भनेका छौं । यो सरकार र सरकारको नेतृत्व गर्ने तथा समर्थन गर्नेहरुलाई थाहा छ कि यो प्रदेश संरचना अनावश्यक…
झापा- लागुऔषध ब्राउनसुगरसहित झापा मेचीनगरका दुई युवा पक्राउ परेका छन् । बिहीबार दिउँसो १ः३० बजे मेचीनगर नगरपालिका वडा न. ६ बर्मेली टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने १९ वर्षीय भूमिराज राई र सोही ठाउँ बस्ने २२ वर्षीय इश्वर राई लागुऔषधसहित पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बितामोड । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । आजदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४ दिने तालिम सुरु भएको हो । तालिममा विभिन्न वडाबाट ३५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । लेखनसीपबारे सहजीकरण गरिने कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोख्रेल, झापा बार एशोशिएसनका अध्यक्ष बसन्त नेपाल, अधिवक्ता कोपिला अधिकारीले तालिमको सहजीकरण गर्ने न्यायिक समिति बिर्तामोडकी उजुरी प्रशासक टिकामाया लामिछानेले जानकारी दिए। कार्यक्रममा मेलमिलापकर्ताहरुलाई लिखतको जानकारी, त्यसका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदन, जोहरी दरखास्त, पालिका र वडामा दिइने निवदेन, कानुनी मान्यता, करार…
झापा- राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच राजसंस्था पुनःस्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ’सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन् । आन्दोलनको संयोजन सुवेदी नेतृत्वको समितिमार्फत नै हुने पनि बताइएको छ । संयोजक सुवेदीले उक्त आन्दोलन शान्तिपूर्ण हुने बताए । त्यस्तै आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने पनि उनले बताए । उनले भने, ’हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरुद्ध होइन । निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामा निहित सार्वभौमसत्ता र…