Author: खबरमञ्च

झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले ‘बुद्धशान्ति साप्ताहिक’ नामक एक सामाजिक सञ्जाल फेसबुक पेजविरुद्ध कानुनी कारबाही अघि बढाएको छ। गाउँपालिकाका पदाधिकारी र कर्मचारीमाथि पटक-पटक नकारात्मक, भ्रामक र तथ्यहीन पोस्टहरू गरेको भन्दै गाउँ कार्यपालिकाले प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो। गाउँपालिकाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा ‘बुद्धशान्ति साप्ताहिक’ नामक ‘सञ्चार माध्यम जस्तो देखिने’ फेसबुक पेजका पोस्टहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरेको र समग्र स्थानीय सरकारप्रति जनताको विश्वसनीयतामा आँच पुर्‍याएको उल्लेख गरेको छ। यस विषयमा गाउँपालिकाले तीन मुख्य बुँदाहरूमा स्पष्टीकरण दिएको छ: १. सर्जमिन मुचुल्का जालसाजी प्रकरण: विज्ञप्तिअनुसार, मिति २०८२/०२/०५ गते बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएका निवेदक…

Read More

झापा- विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन् । नगरका विभिन्न वडामा सात वटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य सङ्कलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी सङ्कलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्र प्रसाद कडरियाले बताए। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ७३ लाख २३ हजार ५४० मूल्य बराबरको २७६ मेट्रिक टन तरकारी सङ्कलन भएको थियो । नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ ।…

Read More

काठमाडौँ- नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवाह प्रथालाई पुनःस्थापित गर्ने भएकाले तत्काल सोसम्बन्धी प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो । “प्रस्तावित व्यवस्थामा ‘कुनै पुरुषले वैवाहिकसम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । जसले बहुविवाह जस्तो फौजदारी अपराधलाई वैधानिकता दिने स्पष्ट…

Read More

झापा- अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ । त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा…

Read More

झापा- मनमोहन अस्पताल बिर्तामोडको आयोजनामा भएको आन्तरिक फुटसल प्रतियोगितामा पुरुषतर्फको उपाधि इमरजेन्सी वार्डको समूहले हात पारेको छ। अर्जुनधारा १० मा रहेको गमस्ता स्पोर्ट्स हबमा शनिबार भएको प्रतियोगितामा अपरेशन थिएटरको टोलीले उपविजेतामा चित्त बुझायो। त्यस्तै महिलातर्फको उपाधि अपरेशन थिएटर र पोस्ट अपरेटिभ वार्डको संयुक्त टोलीले हात पार्यो। ओपिडी टिमले उपविजेतामा चित्त बुझायो। पुरुषतर्फ ७ र महिलातर्फ ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। विजेता तथा उपविजेता टोलीलाई अस्पतालका अध्यक्ष नरेश खरेल, कार्यकारी प्रमुख रोमनी भट्टराई, सञ्चालक सदस्यहरू कुलप्रसाद खरेल, भोलादेवी भट्टराई, डम्बर बस्नेत तथा शेयर सदस्य यज्ञनिधी रेग्मीले पुरस्कार वितरण गरेका थिए। पुरुष तर्फको बेस्ट प्लेयर अपरेशन थिएटर टोलीका उमेश रिजाल घोषित…

Read More

झापा – कोशी प्रदेशमा पछिल्लो दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाले ज्यान गुमाएका छन् भने ४१ वटा हात्तीको पनि मृत्यु भएको छ। प्रदेश वन निर्देशनालय, धरानले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा यो मानवीय क्षति भएको हो। निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका छन्। झापामा सर्वाधिक क्षति प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या झापामा सबैभन्दा बढी रहेको डा. सापकोटाले बताए। छिमेकी मुलुक भारतबाट हात्तीहरू झापा हुँदै नेपाल प्रवेश गर्ने भएकाले पनि यस जिल्लामा…

Read More

भद्रपुर – हिजो साँझ भद्रपुरमा सुमोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्। घटना साँझ ५:३० बजे भद्रपुर वडा नम्बर ९, दुर्जन टोलस्थित घोडामारा–धुलाबारी भित्री सडकखण्डमा भएको हो। घोडामाराबाट धुलाबारीतर्फ जाँदै गरेको को १ च ६३९३ नम्बरको सुमोले सोही ठाउँका ४५ वर्षीय धनसिंह राजवंशीलाई ठक्कर दिएको थियो। राजवंशीको टाउको र दुवै हातखुट्टामा चोट लागेको छ। उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। घटनास्थलमा खटिएको प्रहरी चौकी घोडामाराको टोलीले सुमो र सुमो चालक मोरङ रतुवामाई वडा नम्बर २ बस्ने २९ वर्षीय सतिसकुमार अमात्यलाई नियन्त्रणमा लिएको छ।

Read More

झापा- रसुवाको भोटेकोशी नदीमा गएराति अर्को बाढी आएको छ । भोटेकोशीमा जलसतह एक्कासी बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक जस्तो हिमनदी फुट्यो यकिन हुन सकेको छैन । भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ । बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटिय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मानवीय क्षति भएको अवस्था छैन । त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । गएको असार…

Read More

भद्रपुर (झापा)- झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए। दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अस्ट्रेलिया – गैरआवासीय नेपाली महासङ्घ (NRNA) अस्ट्रेलियाको कोषाध्यक्ष पदमा लुना सिवाकोटीले उम्मेदवारी घोषणा गरेकी छन्। उनले आफ्नो उम्मेदवारीलाई ‘विश्वास माग्ने’ अभियानका रूपमा प्रस्तुत गर्दै NRNA संस्थालाई पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी नेतृत्वतर्फ डोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। अनुभव र प्रतिबद्धता: सिवाकोटीले २०२३ देखि २०२५ सम्म न्यू साउथ वेल्सको NRNA सदस्य पदमा रहेर काम गर्ने मौका पाएको बताइन्। नेपालमा रहँदा झापा जिल्लामा अपाङ्गता क्षेत्रमा क्रियाशील लेखाजोखा केन्द्रको जिल्ला संयोजक भएर काम गरेको अनुभव पनि उनले सुनाइन्। “जहाँ मैले मानव सेवा र संस्थागत पारदर्शिताबीचको गहिरो सम्बन्ध बुझ्ने अवसर पाएँ,” उनले भनिन्। उनका अनुसार, कोष भनेको केवल रकम मात्र नभई यो विश्वास हो, र…

Read More