Author: खबरमञ्च
झापा- झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार भएको हो। दमक–७ स्थायी ठेगाना भएका लिम्बू सोही होटलमा काम गर्दै आएका थिए। घटनाको विवरण अनुसार, ‘मेरो दिदीसँग किन बोलिस्?’ भन्दै विवाद गरी उनीमाथि तरकारी काट्ने छुरा प्रहार गरिएको थियो। छुरा प्रहारबाट लिम्बूको बायाँ खुट्टाको तिघ्राको पछिल्लो भागमा चोट लागेको छ। घाइते लिम्बूको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छुरा प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा…
गोरखा- मनकामना मन्दिरको दर्शन गरेर फर्किएको एक विद्युतीय (ईभी) माइक्रो बस गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। उद्धारकर्ता स्थानीयले घटनास्थलबाट ७ जनाको शव निकालिएको बताएका छन्। बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रो सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार उक्त माइक्रोमा भारतीय पर्यटकहरू सवार रहेका थिए। स्थानीय प्रत्यक्षदर्शीहरूले ७ जनाको मृत्यु भएको बताए पनि आधिकारिक रूपमा यसको पुष्टि हुन बाँकी रहेको छ। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीका साथै स्थानीय बासिन्दाहरू उद्धार कार्यमा जुटिरहेका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाउने क्रम जारी छ।…
झापा- झापा साइक्लिङ क्लबले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलोपटक ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको शुभारम्भ गरेको छ। मेचीनगर–६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट सुरु भएको यस अभियानको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका हुन्। पर्यटन कार्यालय मुख्य प्रवर्तक रहेको यस कार्यक्रमले साइकलका माध्यमबाट स्थानीय क्षेत्रको प्रचार-प्रसार गर्ने लक्ष्य राखेको छ। यस अभियानअन्तर्गत सहभागीहरूले झापाका १२ वटा पालिकाहरूको भ्रमण गर्नेछन्। क्लबका सचिव हिमाल खरेलका अनुसार मेचीनगरबाट सुरु भएको यो यात्रा बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिवारी हुँदै बिर्तामोड नगरपालिका पुगेर समापन हुनेछ। यात्रामा नेपाल र भारतका गरी कुल ५० जना साइकलयात्री सहभागी छन्, जसमा तीन…
झापा- पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए । प्रहरीले पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ । यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन् । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद…
झापा– पछिल्लो समय आएको वर्षासहितको हावाहुरीले झापा जिल्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जिल्लाभर विशेषगरी मकै बालीमा गम्भीर असर परेको छ भने अन्य हिउँदे बाली र केरा खेतीमा पनि नोक्सानी भएको छ। झापामा यस वर्ष करिब ४४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ। जसमध्ये झापा गाउँपालिकामा सबैभन्दा बढी ७ हजार हेक्टर र बाह्रदशी गाउँपालिकामा ६ हजार हेक्टरमा मकै लगाइएको तथ्यांक छ। हावाहुरीले यी क्षेत्रका किसानलाई नराम्ररी प्रभावित पारेको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, ढिलो रोपेको मकैको तुलनामा फल्ने बेला भएको (अगुवा) मकैमा धेरै क्षति पुगेको छ। हावाहुरीले बिरुवा ढालेपछि उत्पादनमा गिरावट आउने…
झापा- झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर गरी तीन जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका-२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको ज्यान गएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक रोशन खड्का र सशस्त्र प्रहरीको टोली पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। डुबेर दुई जनाको मृत्यु वर्षासँगै जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जनाको डुबेर मृत्यु भएको छ। हल्दीबारी-२ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। मजदुरी गरी…
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
झापा- झापाको हल्दीबारी गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर किच्दा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका वडा नं. २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ९:०० बजेको समयमा वर्षासँगै आएको तीव्र गतिको हावाहुरीले घर नजिकै रहेको आँपको रुख ढालेको थियो । रुखले आफ्नै घरमा सुतिरहेकी आरतीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धान र सहयोगका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट पनि विशेष टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
झापा- अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो करिव १२ बजे बिर्तामोड ३ सैनिकमोडमा चारआलीबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र–१–०१–००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान काठ फेला परेको हो । गाडीमा ६ वटा ढोका र ४ वटा झ्यालको चौखट रहेको छ । गाडीसंगै चालक हल्दिवारी १ बस्ने संजय कार्की र सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।