Author: admin

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ।  उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ । अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ। हाल…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा आजबाट सरकारमा सहभागी नहुने बताएको हो। यद्यपि प्रधानमन्त्री प्रचण्डलाई लिएको समर्थन भने कायम राख्ने निर्णय रास्वपाले निर्णय गरेको छ।

Read More

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको बताएका छन्। उनले आफूले त्यसको दुरुपयोग नगरेको भन्दै आफूले कुनै गल्ती नगरेको दाबी गरे। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्नेगरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाउँदै गर्नका लागि आफूले राखेको बताए।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। लामिछानेले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्। उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्। ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’उनले लेखेका छन‍‍्।

Read More

काठमाडौं । सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । हिजो अबेरसम्म  बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बस्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ  । नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको माग छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा सभापति रवि लामिछानेको राहदानी विवाद छानबिनको विषय बनेकाले अस्वीकार गर्दै आएका छन् । हिजो गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा…

Read More

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सके राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए। ‘राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने भनेका छौँ,’ पौडेलले भने। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए। आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको उनले बताए।

Read More

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताएकी छन्। शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानहरूका समस्या समाधान गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन्। ‘दूध, तरकारी, फलफूल, माछाको उत्पादनलाई कसरी बढाउने भन्नेमा मन्त्रालय पनि छ तर प्रकृयामा धेरै समस्या, झमेलाहरू छन्,’ मन्त्री साहले भनिन्, ‘मन्त्रालयले किसानलाई सहजीकरण गर्नेगरी काम गर्छ।’ उनले तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत हुनेगरी काम गर्ने बताइन्। ‘कैयौं कुराहरू बिग्रिएको अवस्थामा छ। यो अवस्थामा पनि सबैले आ-आफ्नो ढंगबाट काम गर्नुपर्छ,’ उनले भनिन्, ‘म मन्त्री भएँ भनेर सबै दोषजति…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ । यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ । रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।

Read More

काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । सिंहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । उनले भने, ‘उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छौं ।’ उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ । एकीकृत…

Read More

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक आज ११ बजेका लागि बोलाएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक आह्वान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समयदेखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ । सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैन ।

Read More